― Advertisement ―

के AI ले तपाईंको SMB लाई साँच्चै मद्दत गरिरहेको छ? अध्ययनले पत्ता लगायो कि एक चौथाई कार्यकारीहरूले उनीहरूको एआईले वास्तवमा के गर्छ भनेर व्याख्या...

अध्ययनले% AI-पुटजनलाई पत्ता लगाउने सङ्घर्षका नेताहरूलाई फेला पार्छ। सरोकारवालाहरूएसएमईहरूले लेखापरीक्षण र अनुपालनलगायत जटिल वित्तीय कार्यहरूका साथ एआईलाई विश्वास गरिरहेका छन्ग्राहक र लगानीकर्ताहरूले अप्रमाणित एआई...
HomeLatest newsरवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै

रवि लामिछानेको खुट्टामा चोट, टिचिङ अस्पतालमा उपचार हुँदै



१३ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत छन् । उनको सचिवालयका अनुसार, गत ५ माघमा जनकपुरमा आयोजित सभाका क्रममा लामिछानेको देब्रे खुट्टामा सामान्य चोट लागेको थियो ।

उक्त चोट बढेर छालाको भित्री तहमा संक्रमण भएको उनको सचिवालयले जनाएको छ ।

अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनुपर्ने उनको सचिवालयले जनाएको छ ।

‘चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र उहाँ पुन: नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने जानकारी गराइन्छ,’ सचिवालयले भनेको छ ।

साथै, अन्य बिरामीहरूको उपचार प्रक्रियामा असर नपरोस् तथा अस्पताल प्रशासनलाई हुनसक्ने असहजतालाई मध्यनजर गर्दै भेटघाटका लागि अस्पताल नआइदिन पनि सचिवालयले आग्रह गरेको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More