― Advertisement ―

Amazon CEO Andy Jassy द्वारा दिनको उद्धरण: ‘अनुभवको लागि कुनै कम्प्रेसन एल्गोरिथ्म छैन’ – जीवन र व्यवसायमा सर्टकटहरू बेवास्ता गर्ने बुद्धि।

Andy Jassy ले Amazon परिवार धेरै वर्षसम्म – JeWCE बाट O 2 CE को नजिकैको सेवा लिनु अघि – धेरै वर्षसम्म बेजोस २०२१ मा।...
HomeLatest newsयुट्युबमा हेर्नूस अमेरिका मोहको कथा भन्ने ‘फेरि रेशम फिलिली’

युट्युबमा हेर्नूस अमेरिका मोहको कथा भन्ने ‘फेरि रेशम फिलिली’


राष्ट्रिय

समाचार.

  • निर्देशक निरोज महर्जनको फिल्म ‘फेरि रेशम फिलिली’ युट्युबमा रिलिज भएको छ।
  • फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको मुख्य भूमिका छ।
  • यो फिल्म २०८१ साल फागुनमा हलमा रिलिज भएको थियो र निर्माता रौनक विक्रम कँडेल हुन्।

काठमाडौ । निरोज महर्जन निर्देशित फिल्म ‘फेरि रेशम फिलिली’ युट्युबमा रिलिज भएको छ । हलमा रिलिज भएको वर्ष नपुग्दै निर्माताले विहिबारदेखि इन्टरनेटमा सार्वजनिक गरेका हुन् ।

विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको फिल्मले अमेरिका जान संघर्ष गर्ने मुख्य पात्रको कथा पेश गर्छ । यो फिल्म २०८१ सालको फागुनमा हलमा लागेको थियो ।

निर्माता रौनक विक्रम कँडेल हुन् । फिल्ममा नीर शाह, लक्ष्मी गिरी, महेश त्रिपाठी, प्रकाश घिमिरे, रवीन्द्र झा, शिशिर बाङ्देल, मेक्सम गौडेल, एवन उप्रेतीलगायत कलाकारको अभिनय छ ।

बुढासुब्बा डिजिटल युट्युबमार्फत फिल्मलाई रिलिज गरिएको हो ।





Read More