― Advertisement ―

Amazon CEO Andy Jassy द्वारा दिनको उद्धरण: ‘अनुभवको लागि कुनै कम्प्रेसन एल्गोरिथ्म छैन’ – जीवन र व्यवसायमा सर्टकटहरू बेवास्ता गर्ने बुद्धि।

Andy Jassy ले Amazon परिवार धेरै वर्षसम्म – JeWCE बाट O 2 CE को नजिकैको सेवा लिनु अघि – धेरै वर्षसम्म बेजोस २०२१ मा।...
HomeLatest news‘रुकुम मैकोट’ बन्यो युट्युबमा धेरै हेरिने दोस्रो नेपाली गीत, १६ करोड भ्यूज...

‘रुकुम मैकोट’ बन्यो युट्युबमा धेरै हेरिने दोस्रो नेपाली गीत, १६ करोड भ्यूज नाघ्यो


राष्ट्रिय

समाचार.

  • फिल्म ‘खुश्मा’ को पाश्र्वगीत ‘रुकुम मैकोट’ युट्युबमा सबैभन्दा धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ।
  • यो गीतले १६ महिनामा १६ करोड ४० लाखभन्दा धेरै भ्यूज प्राप्त गरेको छ।
  • ‘माया लुकी लुकी’ गीतलाई दोस्रो स्थानबाट तेस्रो स्थानमा धकेलिएको छ।

काठमाडौं । फिल्म ‘खुश्मा’ मा समावेश पाश्र्वगीत ‘रुकुम मैकोट’ युट्युबमा सबैभन्दा धेरै हेरिने दोस्रो नेपाली गीत बनेको छ । १६ महिनाको अवधिमा यो गीतले १ जनवरी, २०२६ सम्म १६ करोड ४० लाखभन्दा धेरै भ्यूज प्राप्त गरेको छ ।

यसअघि धेरै हेरिने दोस्रो स्थानमा टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ थियो । ७ वर्षअघि सार्वजनिक यो गीतलाई १६ करोड ३८ लाख ५१ हजारभन्दा बढीपटक हेरिएको छ । ‘माया लुकी लुकी’ तेस्रो स्थानमा धकेलिएको छ ।

‘रूकुम मैकोट’ का शब्द सुरेन्द्र रानाका हुन् भने संगीत निर्देशक एसडी योगी र संगीत निर्माता रिकेश गुरूङ हुन् । यसको भिडियोमा फिल्मका शीर्ष कलाकार धीरज मगर र उपासना सिंह ठकुरीको नृत्य छ ।

‘माया लुकी लुकी’ टीका प्रसाईंले कार्टुन्ज क्रूको सहकार्यमा ल्याएकी थिइन् । यसको शब्द आनन्द अधिकारीको हो भने संगीत र एरेन्ज आशिष अविरलको छ । भिडियोमा कार्टुन्ज क्रूका सरोज अधिकारी र आश्मा विश्वकर्मा छन् ।

युट्युबमा अहिलेसम्म सबभन्दा धेरै हेरिने नेपाली गीत भने ८ वर्षअघि सार्वजनिक ’कुटुमा कुटु’ हो । यसलाई अहिलेसम्म युट्युबमा २३ करोड १० लाखभन्दा बढीपटक हेरिएको छ ।

कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीको स्वर रहेको ‘साली मनपर्‍यो’, दुर्गेश थापाको ‘दुश्मन हेरेको हेर्‍यै’ लाई पनि १५ करोडभन्दा धेरैपटक हेरिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More