― Advertisement ―

Crunchyroll BMW र Mini Vehicles मा 40 अन्य ब्रान्डहरू पछ्याउन आउँदैछ – र म मेरो कारमा एनिमे हेर्न पर्खन सक्दिन।

Minchyatroll मा आउँदैछ सवारी साधनहरूयो अटोमोटिभ एप डिस्ट्रिब्युसन प्लेटफर्म Appning सँगको नयाँ साझेदारीको अंशको रूपमा आएको हो४० भन्दा बढी कार ब्रान्डहरूले लोकप्रिय एनिमे स्ट्रिमिङ...
HomeLatest newsयस्तो छ अनलाइनखबर ‘एनपीएल टिम अफ दि टुर्नामेन्ट’ – KhabarHost

यस्तो छ अनलाइनखबर ‘एनपीएल टिम अफ दि टुर्नामेन्ट’ – KhabarHost


हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु समावेश गरेर अनलाइनखबरले एनपीएल टिम अफ दि टुर्नामेन्ट तयार पारेको छ ।

राष्ट्रिय

समाचार.

  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको उपाधि जितेको छ जसमा ३२ खेल र १४० भन्दा बढी खेलाडी सहभागी थिए।
  • एनपीएल टिम अफ दि टुर्नामेन्टमा ११ खेलाडी छन् जसमा लुम्बिनी लायन्सबाट ४, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्सबाट २-२ खेलाडी समावेश छन्।
  • रोहित पौडेललाई कप्तान बनाइएको टिममा एडम रोसिङटन, डार्शी शर्ट, विनोद भण्डारी लगायत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू छन्।

२८ मंसिर, काठमाडौं । लुम्बिनी लायन्सले उपाधि जितेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण शनिबार भव्यताका साथ सम्पन्न भइसकेको छ ।

मंसिर १ देखि २७ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा कुल ३२ खेल भए । झण्डै १४० भन्दा बढी खेलाडी एनपीएलमा सहभागी थिए ।

त्यसमध्ये अधिकांशले एनपीएलको खेल खेल्ने अवसर पाए । तीमध्ये पनि केही खेलाडीले शानदार प्रदर्शन गरे अनि व्यक्तिगत उत्कृष्ट अवार्डहरु पाए ।

त्यसबाहेक पनि प्रतियोगितामा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । ३२ खेलपछि हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु समावेश गरेर अनलाइनखबरले एनपीएल टिम अफ दि टुर्नामेन्ट तयार पारेको छ ।

४ विदेशी खेलाडी सहित ११ जनाको टिम तयार पारिएको छ जसमा उपाधि विजेता टोली लुम्बिनी लायन्सबाट सबैभन्दा धेरे ४ जना खेलाडीहरू समावेश छन् । यस्तै उपविजेता टोली सुदूरपश्चिम रोयल्स र तेस्रो भएको विराटनगर किङ्सबाट २-२ जना खेलाडी छन् । पोखरा एभेन्जर्स, काठमान्डु गोर्खाज र चितवन राइनोजबाट १-१ खेलाडीहरू छन् ।

टोलीको कप्तान रोहित पौडेल तथा विकेटकिपर विनोद भण्डारी रहनेछन् । टोलीमा बाँयाहाते-दाँयाहाते ओपनिङ ब्याटिङको जोडीसँगै बाँयाहाते र दाँयाहाते पेस बलर छन् ।

अनलाइनखबर टिम अफ दि टुर्नामेन्ट
ओपनर : एडम रोसिङटन (पोखरा), डार्शी शर्ट (लुम्बिनी)
मिडल अर्डर : रोहित पौडेल (लुम्बिनी), विनोद भण्डारी (सुदूरपश्चिम), रवि बोपारा (चितवन), बसिर अहमद (विराटनगर), शेर मल्ल (लुम्बिनी)
लोअर अर्डर : सन्दीप लामिछाने (विराटनगर), रुबेन ट्रम्पलमन (लुम्बिनी), अविनाश बोहरा (सुदूरपश्चिम), शाहब आलम (काठमाडौं)
प्रशिक्षक : टीनु योहान्नान

एडम रोसिङटन : पोखरा एभेन्जर्सका ओपनिङ ब्याटर एडम रोसिङटनले एनपीएल २०२५ मा सबैभन्दा धेरै रन बनाए । उनले ७ खेलमा १ शतक र २ अर्धशतकसहित ३२३ रन बनाए । ५३ को औसतमा रन बनाएका उनले १५० को स्ट्राइक रेटमा खेले । उनको उच्च स्कोर १०८ नटआउट थियो । पावरप्लेमा आक्रामक ब्याटिङ गर्ने उनलाई हामीले पहिलो ओपनरको रूपमा राखेका छौं ।

कर्णालीविरुद्ध शतक प्रहार गरेका रोसिङटन

डार्शी शर्ट : अस्ट्रेलियाक बाँयाहाते ब्याटर हामीले अर्को ओपनरका रूपमा राखेका छौं । शर्टले १० खेलमा १ अर्धशतकसहित २५६ रन बनाए । लुम्बिनीको उपाधि यात्रामा उनको भूमिका पनि महत्वपूर्ण रह्‍यो । पिचलाई बुझेर संयमित ब्याटिङ गरेका उनले आवश्यकता अनुसार ठूलो हिटको पनि क्षमता राख्दछन् ।

विनोद भण्डारी : सुदूरपश्चिम रोयल्सका टप अर्डर ब्याटर विनोद भण्डारीले पनि एनपीएलमा शानदार प्रदर्शन गरे । ९ खेलमा २ अर्धशतकसहित २६४ रन बनाएका उनी सुदूरका सर्वाधिक रनकर्ता तथा समग्र प्रतियोगिताकै दोस्रो सर्वाधिक रनकर्ता बने ।

रोहित पौडेल : नेपाली राष्ट्रिय टोलीका समेत कप्तान रहेका रोहित पौडेलले यसपटक लुम्बिनी लायन्सलाई एनपीएलको उपाधि दिलाए । हामीले टिम अफ द टुर्नामेन्टमा पनि उनलाई नै कप्तान बनाएका छौं । प्रतियोगितामा शानदार पुनरागमन गरेर प्लेअफमा स्थान बनाएको लुम्बिनीले फाइनलमा सुदूरपश्चिमलाई हराएर उपाधि जित्दासम्म रोहितले शानदार प्रदर्शन गरे । उनी प्रतियोगितामा फेरि पनि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडी बने । उनले १० खेलमा २७६ रन बनाएका थिए भने बलिङबाट १० विकेट पनि लिएका थिए । सुदूरपश्चिमविरुद्धको फाइनलमा उनले ह्‍याट्रिक नै लिएका थिए ।

रवि बोपारा : गत संस्करण पनि चितवन राइनोजका लागि सर्वाधिक रनकर्ता रहेका रवि बोपाराले यस संस्करणमा पनि राम्रो खेले । चितवन यसपटक प्लेअफमा पुग्न नसकेपनि उनले राम्रो खेले । ७ खेलमा ३ अर्धशतकसहित २३३ रन बनाए । पार्ट टाइम मिडियम पेस बलिङ पनि गर्नसक्ने उनी अर्का अलराउन्डरका रूपमा हुनेछन् ।

बसिर अहमद : विराटनगरका बाँयाहाते ब्याटर बसिर अहमद मिडल अर्डर ब्याटर तथा बाँयाहाते पार्ट टाइम स्पीन बलिङ अलराउन्डरका रूपमा टोलीमा छन् । बसिरले ९ खेलमा १९१ रन बनाएका थिए ।

शेर मल्ल : लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका शेर मल्ल बलिङ अलराउन्डरका रूपमा रहनेछन् । तल्लोक्रममा ब्याटिङबाट योगदान दिन सक्ने उनी यस संस्करणमा बलिङमा सबैभन्दा उत्कृष्ट रहे । गत संस्करण जनकपुर बोल्ट्सबाट खेलेर उपाधि जितेका शेरले यसपटक लुम्बिनीबाट खेलेर उपाधि जिते । उनका लागि व्यक्तिगत रूपमा पनि यस संस्करणको एनपीएल गज्जब रह्‍यो । उनले आफ्नो मिस्ट्री स्पीनमार्फत विपक्षीको टप अर्डर कोल्याप्स गर्ने काम गरेका थिए । १० खेलमा १७ विकेट लिएका उनी प्रतियोगिताको इमर्जिङ खेलाडी बन्दै पल्सर बाइक उपाधि जिते ।

सन्दीप लामिछाने : सन्दीप लामिछाने टोलीमा मुख्य स्पीनरका रूपमा रहनेछन् । उनको कप्तानीमा विराटनगर किङ्सले पहिलोपटक प्लेअफमा स्थान बनायो । उनले प्रतियोगितामा ९ खेलमा १७ विकेट लिएर सर्वाधिक विकेट टेकरको अवार्ड पाए । सन्दीप प्रतियोगिताको सर्वोत्कृष्ट बलर बनेर पल्सर बाइक जितेका थिए ।

रुबेन ट्रम्पलमन : प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित ट्र्म्पलमन टोलीमा बाँयाहाते पेस बलरका रूपमा हुनेछन् । पावरप्लेमा शानदार बलिङ गर्दै आएका उनले १० खेलमा १३ विकेट लिए ।

अविनाश बोहरा : अविनाश बोहरा टोलीमा दाँयाहाते पेस बलिङ विकल्पका रूपमा हुनेछन् । उनले ९ खेलमा १७ विकेट लिएका थिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचीमा संयुक्त शीर्षमा रहेका थिए । सुदूरलाई फाइनलमा पुर्‍याउन बलिङमार्फत उनको भूमिका महत्वपूर्ण रह्‍यो ।

शाहब आलम : बाँयाहाते स्पीनर शाहब आलम पनि टोलीमा अर्का स्पीनरका रूपमा हुनेछन् । काठमान्डु गोर्खाजलाई प्लेअफमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेले । उनले टोलीका लागि संयुक्त रूपमा सर्वाधिक १३ विकेट लिए । उनले एक खेलमा कीर्तिमानी ह्‍याट्रिकसहित ६ विकेट लिएका थिए ।

लुम्बिनीलाई पहिलो उपाधि दिलाएका प्रशिक्षक टिनु योहान्नान टिम अफ द टुर्नामेन्टको पनि प्रशिक्षक रहनेछन् ।

क्रिकेट एनालिस्ट सम्राट महर्जनको साथमा अनलाइनखबर स्पोर्ट्स टिमले एनपीएलको टिम अफ दि टुर्नामेन्ट तयार गरेको हो । 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More