― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsमोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु



१० पुस, विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा दुर्घटनामा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् ।

विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल बिहानका राति करिब पौने १ बजेतिर  अनियन्त्रित भएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ ।

उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका छन् । कोशी प्रदेशबाट उनले अन्य फ्रेन्चाइज लिगसमेत खेलेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More