― Advertisement ―

एक लोकप्रिय माइक्रोसफ्ट आउटलुक एड-इन प्रयोगकर्ता खाताहरू चोर्न प्रयास गर्न अपहरण गरिएको छ – यहाँ कसरी सुरक्षित रहने छ।

माईक्रोसफ्टको आउटलुक एड-इन माईक्रोसफ्ट एड-इन स्टीविङ एड-इन सहमत आक्रमणकारीहरूले 4,000 खाताहरू, क्रेडिट कार्ड डेटा, र बैंकिङ सुरक्षा जवाफहरू चोरेMicrosoft ले एड-इन हटायो; प्रयोगकर्ताहरूलाई पासवर्डहरू...
HomeLatest newsमाधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो



७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित जोडिएको पतञ्जलि भ्रष्टाचार प्रकरणको मुद्दाको पेसी तोकिएको छ ।

यो मुद्दाको सुनुवाइपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले गत बुधबार नेपालसहित माथिको अनुसन्धान फाइल झिकाउन आदेश दिएको थियो । यसअघिको आदेशअनुसार अख्तियारले फाइल नपठाएपछि विशेषले पुन: आदेश गर्‍यो ।

आज (बुधबार) फाइलहरू आएपछि उक्त मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ । ‘यसअघि आदेश भए पनि अख्तियारबाट फाइल आएको थिए । अहिले पुन: आदेश भयो । अनि अख्तियारले पनि फाइल पठाइहाल्यो,’विशेष अदालतका सूचना अधिकारी यज्ञ रेग्मीले अनलाइनखबरसँग भने,’आज यो मुद्दाको पेसी माघ १४ गतेलाई तोकिएको छ ।’

उनले यसअघि अख्तियारले मुद्दा नचल्ने गरी फाइल तामेलीमा राख्ने निर्णय गरी पाइल पठाएको थियो यसैको सुनुवाइका लागि माघ १४ गतेलाई पेसी तोकिएको जानकारी दिए ।

गत जेठ २२ गते पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा अख्तियारले नेपालसहित ९३ जनालाई प्रतिवादी बनाउँदै गएको अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालसहितविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।

नेपाल प्रधानमन्त्री हुँदा २०६६ फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा धेरै जग्गा व्यक्तिलाई लाभ हुने गरी हस्तान्तरण (कारोबार स्वीकृति)गरेको अख्तियारको दाबी छ ।

त्यस्तै सोही मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिना मिना भएको अख्तियारको ठहर छ ।

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More