― Advertisement ―

Asus ROG Xbox सहयोगी रेकर्ड-कम मूल्यमा खस्छ, तर स्टीम डेकले स्टक अभावको सामना गर्दा के यो उठाउन लायक छ?

ह्यान्डहेल्ड गेमिङ पीसीहरू हालै सबै क्रोधित भएका छन्, तर धेरै यन्त्रहरूले पनि मुख्य कम्पोनेन्टहरूसँग चलिरहेको आपूर्ति समस्याहरूको कारणले समान स्टक अभाव र मूल्य वृद्धिको...
HomeLatest news४४ वर्षदेखि उम्मेदवार – KhabarHost

४४ वर्षदेखि उम्मेदवार – KhabarHost


फाइल तस्वीर



७ माघ, काठमाडौं । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फबाट निर्वाचित हुने १६५ पदका लागि ३ हजार ४८४ जना उम्मेदवारी परेको छ । यसमा कतिपय राष्ट्रिय पञ्चायतकै चुनाव लडेका र जितेकाहरू छन् ।

एक हुन्– शरतसिंह भण्डारी । भण्डारीले यसपटक महोत्तरी क्षेत्र नम्बर २ मा जसपा नेपालबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता गरेका छन् । संसदीय अखिलेख अनुसार ७१ वर्षीय भण्डारी ४४ वर्षदेखिका उम्मेदवार हुन् ।

भण्डारीले २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको चुनाव जितेका थिए ।

२०४३ मा पञ्चायत व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा उनी पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री भएका थिए । २०४४ साल फागुनमा मन्त्रीमण्डल पुनर्गठन हुँदा उनी वाणिज्य राज्यमन्त्रीमा बढुवा भए । श्रेष्ठ नेतृत्वको मन्त्रिपरिषद् २०४६ साल भदौ १४ र चैत १९ मा हेरफेर हुँदा पनि उनले राज्यमन्त्रीमा निरन्तरता पाएका थिए ।

२०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भयो । २०४८ सालको आमनिर्वाचनमा भण्डारी उम्मेदवार भएनन् । २०५१ सालमा भने स्वतन्त्र रूपमा महोत्तरीबाट प्रतिनिधिसभा सदस्यको निर्वाचन जिते । २०५२ मा विना विभागीय राज्यमन्त्री भए । २०५३ सालमा विना विभागीमन्त्री भए । २०५४ सालमा भण्डारी युवा, खेलकुद तथा संस्कृतिमन्त्री भए ।

२०५६ सालमा पनि महोत्तरीबाट चुनाव जिते । २०५६ मै उनी पुन: युवा, खेलकुद तथा संस्कृतिमन्त्री भए । २०५८ सालमा भण्डारी स्वास्थ्यमन्त्री भए ।

२०६३ सालमा पुनर्स्थापित व्यवस्थापिका संसद् सदस्य थिए । २०६४ सालमा संविधान सभा सदस्य भए । २०६६ सालमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री भए । २०६८ सालमा रक्षामन्त्री भए ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ र निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार थिए । तर, पराजित भए ।

२०७४ र २०७९ मा भने प्रतिनिधिसभा सदस्यको चुनाव जिते । २०७८ सालमा ऊर्जामन्त्री भए । २०७९ श्रममन्त्री भए । २०८१ मा पनि फेरि भण्डारी केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको दुवै सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री भए ।

जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भयो । आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । जसमा भण्डारी पुन: महोत्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More