― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsमहाधिवेशन असफल बनाउन सक्छन्, संयम बन्नू – KhabarHost

महाधिवेशन असफल बनाउन सक्छन्, संयम बन्नू – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनमा ८० प्रतिशत मत ल्याएर जित्ने दाबी गरेका छन्।
  • ओलीले पार्टीमा मिलेर जानुपर्ने भएपनि भिड्नेहरूका कारण प्रतिस्पर्धा गर्नुपरेको बताए।
  • ओलीले महाधिवेशन सफल पार्न संयम हुनुपर्ने र दुर्व्यवहारलाई सामान्यीकरण गरे।

२२ मंसिर, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ८० प्रतिशत मत ल्याएर जित्ने दाबी गरेका छन् ।

विभागहरूबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरूलाई गुन्डु बोलाएर ओलीले यस्तो दाबी गरेका हुन् । ‘उहाँहरू एकदम राम्रो छ भन्नुहुन्छ । तर धेरै लगे २० प्रतिशत लानु हुन्छ,’ ओलीले भने, ‘८० प्रतिशत हामीसँग छ ।’

पार्टीमा मिलेरै जानुपर्ने भएपनि भिड्ने आएकाले प्रतिस्पर्धामा गर्नुपरेको उनले बताए । ‘पार्टीमा मिलेर जाने भनेको हो । उहाँहरू नमिल्नेगरी आउँदै हुनुहुन्छ, यो बेठीक हो’, ओलीले भने, ‘भिड्न आउनेसँग भाग्नु त भएन ।’

विभागबाट निर्वाचित प्रतिनिधिहरूलाई ओलीले दिउँसो ३ बजे बोलाएका थिए । तर साँझ मात्र भेट्न पाएका प्रतिनिधिहरूलाई ओलीले एकोहोरो निर्देशन दिएर विदा गरे ।

‘दिउँसो ३ बजे पुगेका थियौ, साँझ मात्र भेट भयो । उहाँले आफ्नो कुरा राखेपछि फर्किर्यौ,’ एक सहभागीले भने ।

उनका अनुसार ओलीले महाधिवेशन सफल पार्न संयम हुनुपर्ने अवस्था रहेको पनि बताएका छन् । ‘अस्ति पार्टी कार्यालयमा एक जना साथीसँग कुम ठोक्किएछ, हातपात भनेर हल्ला गर्नुभयो,’ ओलीले कर्ण थापामाथि च्यासलमा भएको दुर्व्यवहारबारे भने, ‘हुलमुलमा कुम ठोक्किन सक्छ त! जुत्ता कुल्चिन सक्छ!’

आफू प्रधानमन्त्री हुँदा एकपटक जुत्ता निस्कनेगरी कसैले कुल्चिएको प्रशंग समेत ओलीले सुनाएका थिए । ‘प्रधानमन्त्री हुँदा एकपटक मेरै जुत्ता एउटाले कुल्चियो, पर पुगेपछि लगाएँ,’ ओलीले थापामाथि भएको दुर्व्यवहारको सामान्यीकरण गरेका थिए ।

कुम ठोक्किदा हातपात भयो भन्नेहरूले जे पनि गर्न सक्ने ओलीको शंका थियो । ‘जे पनि गर्न सक्नुहुन्छ, हामी संयम हुनुपर्छ,’ ओलीले भनेका छन्, ‘महाधिवेशन असफल बनाउन सक्छन्, नहुने वातावरण सिर्जना गर्न सक्छन् ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More