― Advertisement ―

65 प्राइम डे टेक डीलहरू म वास्तवमा आफ्नै पैसाले किन्न चाहन्छु – AirPods, Kindles, TVs, ट्याब्लेटहरू, र थप

ताजा गर्नुहोस् 2026-06-22T02:13:05.609Z नयाँ AirPods मात्र $९९ मा लिनुहोस् यदि तपाइँ Apple को सस्तो AirPods खोज्दै हुनुहुन्छ भने, सबै नयाँ AirPods 4 मात्र $99 मा...
HomeLatest newsमधेशको सामाजिक र राजनीतिक कथावस्तु – KhabarHost

मधेशको सामाजिक र राजनीतिक कथावस्तु – KhabarHost


राष्ट्रिय

समाचार.

  • रोशन दास निर्देशित फिल्म ‘प्रतिवैरम’ को एक्सन-प्याक्ड टिजर मधेशको सेटिङमा सार्वजनिक गरिएको छ।
  • फिल्ममा सम्राट दासको डेब्यू भूमिका रहेको छ र निर्देशकले यसलाई महत्वपूर्ण करिअरको हिस्सा बताउनुभएको छ।
  • फिल्म नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण भई डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ।

काठमाडौँ । रोशन दास निर्देशित फिल्म ‘प्रतिवैरम’ को एक्सन-प्याक्ड टिजर सार्वजनिक गरिएको छ । आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक टिजर मधेशको सेटिङमा बनेको छ ।

सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस फिल्मको टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ । दाइजो, दाजुबहिनीबीचको प्रेम सम्बन्ध पनि दर्शाइएको छ ।

शीर्ष भूमिकामा सम्राट दासले अभिनय गरेका छन् । निर्देशक दासका अनुसार यो फिल्म अभिनेता दासको डेब्यू भएपनि यो भूमिका उनको करिअरमा महत्वपूर्ण र सम्झनलायक बन्ने विश्वास लिइएको छ ।

फिल्ममा सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाहा, आलिशा बाँस्तोला, रोन्नी यादव, बिकी शाह, नवीन श्रेष्ठ, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकीको पनि अभिनय छ ।

रेज इन्टरटेनमेन्टले किङ वाईटीसँग सहकार्यमा फिल्म निर्माण गरेको हो । प्रदर्शन आउँदो जेठ महिनामा गर्ने तयारी छ । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको यो फिल्मको डिजिटल अधिकार युना डिजिटलले खरिद गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More