― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsमतदाता माझ पुग्दैछ ओली र बालेनको चुनावी राप – KhabarHost

मतदाता माझ पुग्दैछ ओली र बालेनको चुनावी राप – KhabarHost



७ माघ, विराटनगर । प्रतिनिधिसभाको चुनावमा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी दुवैले खडा गरेका झापा-५ का उम्मेदवार भावी प्रधानमन्त्रीका आकांक्षी हुन् । चारपटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चुनावी मैदानमा छन् । भावी प्रधानमन्त्री बन्ने योजनाअनुसार आएका दुवैको नेताहरूका कारण झापाको चुनावी सरगर्मी बढेको छ । त्यसको ताप चाहिँ राष्ट्रियव्यापी छ ।

मंगलबार उम्मेदवारी दर्ता गराएका उनीहरूले कसरी चुनावी अभियान अघि बढाउछन् भन्ने चासो थियो । बुधबार ओली र बालेन दुवैले चुनाव प्रचारका कार्यक्रमहरूमा सहभागी भए । बालेनले घरदैलो गरे । कार्यालयमा आएका शुभेच्छुकहरुसँग भेटघाट गरे ।

यता ओलीले चाहिँ केही कार्यक्रमहरूमा सहभागी भएर आफ्ना भाषण पनि गरे । मंगलबार उम्मेदवारी दर्ता गरेका ओलीले बुधबार दमकमा युवा भेला गरे । कार्यकर्ता भेटघाट पनि गरे ।

चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर बालेनले भेटघाट गरिरहेका छन् । झापाका लागि नयाँ अनुहार बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्म भिड छ । कांग्रेस र एमालेका युवा नेताहरूलाई बालेनको समूहले फकाइरहेको छ । बुधबार दिनभर भेटघाट गरेका बालेन बिहीबार पाथिभरा मन्दिर दर्शन गर्न जाने तयारीमा छन् ।

बालेन झापा पुगेपछि कांग्रेसका दमक नगर सभापति प्रकाश प्रसाईं पार्टी छाडेर बालेनको अभियानमा जोडिए । कमल गाउँपालिकाका नेपाली कांग्रेसका सचिव महेन्द्र बुढाथोकी रास्वपा प्रवेश गरेका छन् । ओलीको गृहनगर दमकमा एमालेका राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष,उपाध्यक्ष र सचिवले पार्टी छाडे ।

नगर कमिटीका अध्यक्ष छवि खतिवडा र सचिव कमलप्रसाद गैरे र उपाध्यक्ष विजय तामाङ बालेनको अभियानमा जोडिएका छन् । यसअघि एमाले नगर अधिवेशनमा अध्यक्षका आकांक्षीसहितका नेता रास्वपा प्रवेश गरेका थिए ।

ओली सातौं पटक चुनावी मैदानमा उत्रिएका हुन् । २०४८ सालयता सहजै चुनाव जित्दै (२०६४बाहेक) आएका ओलीलाई रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेका शाहले टक्कर दिन आएका छन् । ओलीले बुधबार उनलाई लक्षित गर्दै भने,’बैंकले नोट छाप्दा खेरि धितो जमानी बिना छाप्दैन। के यहाँ भोट हाल्दा खेरि धितो न जमानीको मान्छेलाई भोट हाल्ने भन्छन् कोहि कोहि ? भोलि खोज्न कहाँ जानु ?’ ओलीले बालेन स्थानीय उम्मेदवार नभएको भन्दै उनीप्रति आलोचनात्मक टिप्पणी गरे । उनले चुनाव ७० प्रतिशत मत ल्याएर जित्ने दाबी समेत गरे ।

झापा क्षेत्र नम्बर ५ मा ९ जना स्वतन्त्रसहित २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवार संख्या २४ भएपति मुख्य प्रतिस्पर्धा ओली र बालेनबीच नै हुने आंकलन छ ।

प्रधानमन्त्रीको उम्मेदवार भएकै कारणले ओली र शाह दुवैका लागि यो निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । झापा दमका पूर्वप्राध्यापक मोहन भण्डारी अघिल्ला निर्वाचन सहजै जित्दै आएका ओलीलाई यो पटक चुनावी चुनौती छ ।

झापा क्षेत्र नम्बर ५ बालेनका लागि पनि चुनौती रहित क्षेत्र होइन । यो भूगोलदेखि चुनावी प्रतिस्पर्धा नै बालेनका लागि नयाँ हो । उनी २०४८ सालदेखि निरन्तर निर्वाचन लड्दै आएका ओलीलाई उनकै घर (झापा)मा पराजित गर्ने भन्दै झापा झरेका हुन् ।

कमल गाउँपालिकामा रहेका राप्रपाका सक्रिय कार्यकर्ता माधव मिश्र बालेन शाह झापा आउँदा प्रतिस्पर्धा राम्रो हुने बताउँछन् ।

झापा क्षेत्र नम्बर ५ मा यसअघि दुई निर्वाचनमा राप्रपाले ओलीलाई समर्थन गरेको थियो । तर, यो पटक राप्रपाले आफ्नै उम्मेदवार उठाएको छ । राप्रपा कार्यकर्ता मिश्रका अनुसार विगतमा ओलीको फराकिलो जितमा निर्णयक मत राप्रपा पनि थियो ।

नेकपा एमाले दमक नगरकमिटी अध्यक्ष श्याम पौडेल एमालेको जनमत पोखरीजस्तो भएका कारण जो कोही आउँदा फरक नपर्ने बताउँछन् । एमालेको संगठन जमेको पोखरी जस्तो भएर बसेको बताउँदै उनले दरिलो संगठन भएका कारण बाहिरका उम्मेदवारले चुनाव जित्न नसक्ने बताए ।

तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओली ५२ हजार ३ सय १९ मतसहित विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत पाएका थिए । ओलीको मतान्तर सर्वाधिक धेरै थियो । तेस्रो भएका रास्वपा उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएका थिए ।

समानुपातिकतर्फ पहिलो भएको एमालेले ३५ हजार ८७२ मत ल्याउँदा दोस्रो भएको रास्वपाले १८ हजार २ सय ५ मत ल्याएको थियो ।

तेस्रो भएको कांग्रेसले १६ हजार ८५९ मत पाएको थियो । फागुन २१ को निर्वाचनमा १ लाख ६३ हजार ३ सय ७९ मतदाता छन् । यो संख्या गत निर्वाचनको भन्दा करिब १० हजार बढी हो ।





Read More