― Advertisement ―

अमेरिकी सुरक्षा एजेन्सी अझै पनि प्रतिबन्धको बावजुद मिथोस प्रयोग गर्दै – पेन्टागनको ‘आपूर्ति श्रृंखला जोखिम’ पदनामको बावजुद सरकारले नयाँ सुरक्षा उपकरण प्रयोग गर्दै

NSA ले कथित रूपमा पेनथ्रोसको प्रयोग गरेर एनएसए pictagons कम्पनीले प्रि-थ्रोभ्यु प्रयोग गरिरहेको छ। एक आपूर्ति-श्रृंखला जोखिमMythos, परियोजना Glasswing को अंश, शून्य दिनहरू पत्ता...
HomeLatest newsबागमती सरकारले दियो जेनजी प्रदर्शनका पीडितलाई सवारी साधनमा कर छुट

बागमती सरकारले दियो जेनजी प्रदर्शनका पीडितलाई सवारी साधनमा कर छुट


राष्ट्रिय

समाचार.

  • बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि जेनजी प्रदर्शनमा क्षतिग्रस्त भएका सवारी साधनमा कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ।
  • प्रदेश सचिव झलकराम अधिकारीले सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र कर र दस्तुर छुट दिइने जानकारी दिए।
  • नेपाल ट्रक व्यवसायी महासंघले निर्णयको स्वागत गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग सुझाव दिएको र महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले राहत पुगेको बताए।

२३ पुस, काठमाडौं। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि गत गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका कारण पूर्णरूपमा क्षतिग्रस्त भएका सवारी साधनका लागि सवारी साधन कर, नवीकरण दस्तुर र जरिवानामा छुट दिने निर्णय गरेको छ । प्रदेश सरकारको सो निर्णय राजपत्रमा प्रकाशित भएको छ ।

प्रदेश सचिव झलकराम अधिकारीका अनुसार प्रदर्शनका क्रममा पूर्णरूपमा क्षतिग्रस्त भएका सरकारी, सार्वजनिक, बोर्ड तथा निजी सवारी साधनमा चालु आर्थिक वर्षको मात्र सवारी साधन कर र नवीकरण दस्तुर छुट दिइनेछ ।

साथै, भाडाका सार्वजनिक सवारी साधनका लागि जाँचपास र बाटो इजाजतपत्र नवीकरण दस्तुरमा पनि छुट प्रदान गरिने बताइएको छ ।

नेपाल ट्रक व्यवसायी महासंघले सो निर्णयको स्वागत गरेको छ । संघले बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापासँग भेट गरी सवारी साधन कर र दस्तुर छुट सम्बन्धी सुझाव दिएको बताएको छ ।

सुझावअनुसार बागमती प्रदेश सरकारले मन्त्रिपरिषद्‌को गत पुस १६ गतेको बैठकमा चालु आर्थिक वर्षको सवारी साधन कर, केही दस्तुर र जरिवाना छुट दिने निर्णय गरेको थियो ।

नेपाल ट्रक व्यवसायी महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले महासंघको तर्फबाट धन्यवाद व्यक्त गर्दै प्रदेश सरकारको यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More