― Advertisement ―

HomeLatest newsबस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा

बस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौ घटनाको छानबिन गर्न गठित आयोगलाई दिएको बयानका मुख्य ६ बुँदाहरू सार्वजनिक गरे।
  • ओलीले भने, २२ भदौ राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने र बल प्रयोग नगर्ने विषयमा छलफल भएको थियो।
  • ओलीले २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको तर सम्भव नभएको खुलाए।

२२ पुस, काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँच बुझ आयोगलाई दिएको बयानका मुख्य बुँदाहरू सार्वजनिक गरेका छन्

ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए । बयान लिन आयोगका अधिकारीहरू गुण्डुस्थित ओलीकै निवासमा पुगेका थिए ।

जाँचबुझ आयोगलाई ओलीले दिएको जवाफका मुख्य ६ बुँदाहरू बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

पहिलो : २२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा–विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको ।

दोस्रो : आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका ।

तेस्रो : आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी पुस्ताका नभएको कुरा तत्कालीन फोटो र भिडियोहरूले प्रस्ट देखाएको ।

चौथो : २३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय ।

पाचौं : २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको ।

छैठौं : गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यसअघि–पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More