― Advertisement ―

ट्रम्पले राष्ट्रिय सुरक्षा कारणहरूका लागि र अमेरिकी ड्रोन उद्योगलाई बलियो बनाउन ‘विशेष रूपमा संवेदनशील’ ड्रोनहरूमा 100% ट्यारिफहरू राख्छन्।

जस्तै 'लेनसिटिव' मा २५ किलोग्रामभन्दा भारी EU, UK, Japan, Taiwan जस्ता अन्य देशहरूमा पनि भन्सार लागू गरिएको छट्रम्प भन्छन् कि करहरूले राष्ट्रिय सुरक्षा बलियो...
HomeLatest newsबन्न सक्छ कांग्रेस–एमाले चुनावी गठबन्धन – KhabarHost

बन्न सक्छ कांग्रेस–एमाले चुनावी गठबन्धन – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सभाको निर्वाचनका लागि चुनावी गठबन्धनको विषयमा निरन्तर संवाद भइरहेको छ।
  • एमालेका महासचिव शंकर पोखरेल र कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरूले औपचारिक तथा अनौपचारिक भेटघाट गरिरहेका छन्।
  • चुनावी सहकार्यमा कांग्रेस र एमालेबीच तालमेल, एक्लै प्रतिस्पर्धा, वा सबै प्रमुख शक्तिहरूको भागवण्डा गर्ने तीन विकल्पमा छलफल भइरहेको छ।

११ पुस, काठमाडौं । वैकल्पिक शक्तिहरूबीच एकता र गठबन्धनको प्रयास भइराख्दा यसअघि संसदमा रहेका शक्तिहरू पनि निरन्तर संवाद्‌मा छन् ।

१० मंसिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका थिए । उक्त भेटमा डा. आरजु राणा पनि थिइन् । उनीहरूबीच यही पुस ७ गते फेरि भेट भयो । भेटमा एमालेका महासचिव शंकर पोखरेल पनि सहभागी छन् ।

पछिल्ला दुई औपचारिक भेटका अलावा पहिलो र दोस्रो तहका नेताहरूबीच पटक–पटक अनौपचारिक छलफल भएको छ । अनौपचारिक भेटमा कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता रमेश लेखक सक्रिय छन् ।

नेताद्वय कृष्णप्रसाद सिटौला र श्याम घिमिरे पनि भेटघाटमा छन् । एमालेका तर्फबाट महासचिव पोखरेल ज्यादा सक्रिय छन् ।

 भेटघाटमा छलफल भइरहेको एउटा विषय हो– चुनावी गठबन्धन ।

एमाले अध्यक्ष केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवा । फाइल तस्वीर ।

प्रतिनिधि सभाको सन्दर्भमा छलफल गर्ने समय रहे पनि राष्ट्रिय सभामा उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै नेताहरूको दौडधुप बढेको छ । ११ माघमा हुने निर्वाचनका लागि यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।

राष्ट्रिय सभाका कांग्रेस संसदीय दलका प्रमुख सचेतक कृष्ण बहादुर रोकायका अनुसार राष्ट्रिय सभाको निर्वाचनमा चुनावी सहकार्यबारे तीन कोणबाट छलफल भएको  छ ।

पहिलो : कांग्रेस र एमालेबीच तालमेल

दोस्रो : एक्ला/एक्लै प्रतिस्पर्धा

तेस्रो : प्रमुख शक्ति सबै मिल्ने र भागवण्डा गर्ने ।

कांग्रेस र एमालेका बीचमा सहकार्य आवश्यक छ भन्नेहरूको तर्क छ– यी दुई दलबीच सम्बन्धको निरन्तरता आवश्यक छ । किनभने, नयाँ शक्तिहरूले केन्द्रमा राखेका शक्ति नमिल्दा भविष्यमा चुनौतीको सामना गर्नमा असहजता आउन सक्दछ ।

रोकाया भन्छन्, ‘अब एमालेसँग सम्बन्ध बिगारिहाल्नु त्यति राम्रो कुरा होइन ।’ उनका अनुसार चुनावी गठबन्धनको सन्दर्भमा केही विषय केलाउनुपर्ने छ । जस अन्तर्गत प्रदेश सरकारहरूमा कांग्रेस र एमाले गठबन्धनमा छन् । यसकारण राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गठबन्धन गर्दा यसले अर्थ राख्नेछ ।

‘नयाँ शक्ति एक भए भनेर हामी आत्तिनुपर्ने छैन । हामीले पनि गठबन्धन गर्न हुँदैन भन्ने छैन । संसारभर गठबन्धन बनाएर चुनाव लड्ने अभ्यास छ । हामीकहाँ पनि गठबन्धन हुँदै आएको छ । यसकारण गठबन्धनको अभ्यासलाई स्वभाविक अर्थमा लिनु पर्छ ।’

– श्यामकुमार घिमिरे, कांग्रेस नेता

कांग्रेस र एमाले मधेश प्रदेश बाहेकको सरकारमा सँगै छन् । मधेश प्रदेश सरकारमा पनि कांग्रेस र एमाले जनमत पार्टीका नेता सतीशकुमार सिंह नेतृत्वको सरकारमा सँगै थिए । सिंह नेतृत्वको सरकार ढलेपछिको अवस्थामा भने कांग्रेस र एमाले दुईतिर भएका थिए ।

तथापि, पछिल्लो समय कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वको मधेश प्रदेश सरकारलाई एमालेले पनि समर्थन गरेर साथ दिएको छ ।

बाँकी प्रदेशहरूमध्ये कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा एमाले नेतृत्वको सरकार छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार छ ।

विगतको सहकार्य जे जस्तो रहेता पनि एमालेसँग चुनावी तालमेल गर्न हुँदैन भन्ने पक्ष पनि कांग्रेस भित्र छ । जेनजी आन्दोलनले विस्थापित गरेका दुई शक्ति एक भए भनेर हुने प्रचारले समाजका कस्तो प्रभाव पर्छ भन्नेमा उनीहरू छन् । यस्तो तर्क गर्नेहरू एक्ला/एक्लै चुनाव लडौंं भन्नेमा छन् ।

एक्ला–एक्लै चुनाव लड्दा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिले भने के हुन्छ ? भन्ने प्रश्नले पनि कांग्रेसलाई गाँजेको छ । नेता रोकायाकाअनुसार यदि एक्ला एक्लै चुनाव लड्ने भनियो र अन्तिममा एमाले र नेकपा मिले भने कांग्रेसलाई सुदूरपश्चिम प्रदेश बाहेक अन्यत्र समस्या हुन्छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस ठूलो दल छ । एमाले दोस्रो, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी तेस्रोमा छ । दोस्रो र तेस्रो दल मिले पनि कांग्रेस बराबर मतभार छैन ।

एक्ला एक्लै प्रतिस्प्रर्धा गर्दा एमाले र नेकपा मिल्न सक्ने सम्भावना देख्नेहरूको तर्क छ– राष्ट्रिय सभामा १८ पदका लागि निर्वाचन हुँदैछ । सुदूरपश्चिमबाट दुई जना निर्वाचित हुँदैछन् । दुई सिट मात्रै हेरेर कांग्रेस बस्ने हो त ?

‘कांग्रेससँग राष्ट्रिय सभा निर्वाचनमा सँगै जाऔं भन्ने परिस्थिति विकास भयो भने त्यसलाई हामीले सहज मान्छौ । त्यो भन्दा बाहिर रहेर कांग्रेसलाई बाहिर राखेर हामी अरुसँग अहिले समन्वय गरेर अगाडि बढ्ने पक्षमा छैनौं । यो प्रष्ट कुरा हो ।’

– महेश बर्तौला, एमाले

यस्तो आशंकासहित तेस्रो विकल्प सार्नेहरू छन् – कांग्रेस, एमाले र नेकपा तीन वटै शक्तिका बीचमा चुनावी सहकार्य गर्ने ।

कांग्रेस नेता रोकाया भन्छन्, ‘ठूला शक्तिहरु मिले भने एउटा म्यासेज पनि जान्छ– कि संविधान बनाउने शक्ति एक ठाउँमा छन् । चुनावी परिणाममा पनि ठूलो तलमाथि हुँदैन, कसैको केही सिट तल माथि हुने न हो । यसमा कांग्रेसले समन्वय र नेतृत्व गर्न सक्दछ ।’

शंका चिर्दै नेताहरू

एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवासँग निरन्तर गरिरहेको भेटमा संविधान निर्माणका पक्षधर, अनि पछिल्लोपल्ट सरकार हाँक्दा राजनीतिक स्थिरता र आर्थिक सुधारको एजेन्डा दिएका कारण पनि यी दुईबीच मेल हुुनुपर्ने मत राखिरहेको बुझिएको छ ।

एमाले कांग्रेससँग सहकार्यको पक्षधर रहेको, तर विगतमा झैं माओवादी सहितका घटक मिलेको नेकपासँग मेल हुने सम्भावना भने एमालेले हाललाई अस्वीकार गरेको छ ।

कांग्रेससँग गठबन्धन नभए नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टीसँग मिल्न जान्छ कि भनेर शंका गर्नुपर्ने अवस्था नरहेको बताउँछन् एमालेका निवर्तमान प्रमुख सचेतक महेश बर्तौला ।

उनी अनलाइनखबरसँग भन्छन्, ‘हाम्रो प्रष्ट कुरा छ– कांग्रेससँगको इन्टरनल सहकार्य भएर राष्ट्रियसभा निर्वाचनमा जाऔं भन्ने परिस्थिति विकास भयो भने त्यसलाई हामीले इजी मान्छौ । त्यो भन्दा बाहिरको परिस्थिति चाहिँ कांग्रेसलाई बाहिर राखेर हामी अरुसँग अहिले समन्वय गरेर अगाडि बढ्ने पक्षमा छैनौं । यो प्रष्ट कुरा हो ।’

कांग्रेस र एमाले दुवै दलका नेताहरू सहकार्य गर्नुपर्छ भन्नेमा छन् । यस आधारमा शीर्ष नेताहरू बर्तमान राजनीतिको समीक्षा र आगामी यात्राका सम्बन्धमा छलफलमा छन् ।

तर, सहकार्य गर्दा औचित्य पुष्टि गर्ने र समाजले गर्न सक्ने सम्भावित प्रश्नको जवाफबारे निचोडमा पुगिसकेका छैनन् ।

यसअघि यी दुई दलले सरकार बनाउँदा संविधान संशोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन स्थापना गर्ने विषयलाई आधार बनाएका थिए । १७ असार २०८१ को मध्यराति भएको उक्त सम्झौता अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका थिए । ओलीपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार बनाउने समझदारी थियो ।

तर, २३ र २४ भदौको जेनजी आन्दोलनले दुवैलाई सत्ताच्युत गरिदियो र मुलुकमा अन्तरिम सरकार छ । अन्तरिम सरकारले मुलुक हाँकिरहेका बेला फेरि कांग्रेस र एमालेका बीचमा सहकार्य गर्नुको आधार प्रस्तुत गर्ने सन्दर्भमा नेताहरू प्रष्ट जवाफ दिइरहेका छैनन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे संसदीय राजनीतिमा चुनावी गठबन्धन संसारभर हुने गरेको र नेपालमा पनि हुँदै आएको बताउँछन् ।

‘नयाँ शक्ति एक भए भनेर हामी आत्तिनुपर्ने छैन । हामीले पनि गठबन्धन गर्न हुँदैन भन्ने छैन’ उनी अनलाइनखबरसँग भन्छन्, ‘संसारभर गठबन्धन बनाएर चुनाव लड्ने अभ्यास छ । हामीकहाँ पनि गठबन्धन हुँदै आएको छ । यसकारण गठबन्धनको अभ्यासलाई स्वभाविक अर्थमा लिनु पर्छ ।’

दुई  प्रमुख दल प्रतिस्प्रर्धी दलबीचमा गठबन्धन गर्दा त्यसको आधार दिनुपर्दैन ? भन्ने प्रश्नमा उनी ‘गठबन्धन आवश्यकताले हुने’ बताउँछन् । बरु गठबन्धन एमाले बाहेकका दलसँग समेत हुन सक्ने औंल्याउँछन् घिमिरे ।

‘हामीले गठबन्धन गर्नु हुँदैन भन्ने मान्यता पर्ने गलत हो । हामी पनि गठबन्धन गरेर जान सक्छौ’ घिमिरे भन्छन्, ‘कांग्रेस र एमाले गठबन्धन होला, माओवादी र कांग्रेस गठबन्धन होला । अन्य पार्टीहरुसँग गठबन्धन होला । गठबन्धन गर्नु हुँदैन भन्ने मान्यता सँग मेरो सहमति छैन । आवश्यकताले गठबन्धन हुने हो ।’

कुनै पनि राजनीतिक दलले म एक्लै चुनाव लड्छु र अर्कोलाई पनि त्यसै गर भन्ने विषय राजनीतिक हुन नसक्ने पनि उनको जवाफ छ ।

कांग्रेसको महाधिवेशन कुर्दै एमाले

एमालेका निवर्तमान प्रमुख सचेतक बर्तौलाका नजरमा वर्तमानमा एमाले र कांग्रेसका बीचमा सहकार्यका लागि राष्ट्रिय सभा निर्वाचनको सन्दर्भ मात्रै उपयुक्त छ । यसका दुई वटा कारण छन् ।

पहिलो : कांग्रेसको महाधिवेशन

दोस्रो : प्रतिनिधि सभा विघटनको न्यायीक परीक्षण ।

कांग्रेसभित्र महाधिवेशन कहिले हुने, नियमित हुने कि विशेष हुने भन्ने बहस छ । कांग्रेसभित्रको बहस कुन रुपमा अगाडि जान्छ र नेतृत्वमा हेरफेर हुन्छ वा हुँदैन भन्ने विषयले एमालेसँगको सहकार्यलाई कस्तो फरक पार्छ ?

जवाफमा एमालेका निवर्तमान प्रमुख सचेतक बर्तौला भन्छन्, ‘त्यसले पनि फरक पार्ने भयो नि ।’

तर, आफूहरू प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बुझाइमा प्रष्ट रहेकाले यसलाई पनि ख्याल गर्न बर्तौलाको आग्रह छ । उनका अनुसार कांग्रेस र एमालेका नेताहरूको भेटमा यो विषयले प्राथमिकता पाउँदै आएको छ ।

‘संसद् पुनर्स्थापनाको सन्दर्भमा कांग्रेसको धारणा र उपस्थितिका बारेमा बढ्ता संवाद/छलफल केन्द्रित भएको छ । सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । यी लगायत मुलुकको राजनीतिक सोझ्याउने विषयमै हाम्रो ध्यान छ । यसकारण पनि हाम्रो सहकार्य महत्वपूर्ण छ ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More