― Advertisement ―

HomeLatest newsराष्ट्रिय टिमसँग संयुक्त कराते प्रशिक्षण हुने – KhabarHost

राष्ट्रिय टिमसँग संयुक्त कराते प्रशिक्षण हुने – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपाल करातेले निःशुल्क संयुक्त कराते प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
  • कार्यक्रम शनिबार सातदोबाटो कराते हलमा आयोजना हुनेछ र उपत्यकाका ५०० भन्दा बढी विद्यार्थीलाई प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
  • प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ र राष्ट्रिय टिमका खेलाडीहरूको सहभागिता रहनेछ।

११ पुस, काठमाडौं । नेपाल करातेको आयोजनामा राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा विद्यालय स्तरका खेलाडीहरूको वृद्धि, विकास र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क संयुक्त कराते प्रशिक्षण कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम भोलि शनिबार सातदोबाटो कराते हलमा आयोजना गरिनेछ। उपत्यका भित्रका विभिन्न स्कुल तथा डोजोमा प्रशिक्षणरत ५०० भन्दा बढी विद्यार्थीलाई निःशुल्क संयुक्त कराते प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, स्टार खेलाडी एरिका गुरुङ, सानुमाया थिङ लगायत हाल ‘मिसन २०२६’ को प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका खेलाडीहरूको सहभागिता रहनेछ।

हरेक शनिबार निरन्तर रूपमा निःशुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको र सहभागी सम्पूर्ण खेलाडीहरुलाई निशुल्क च्याम्पियनहरुको हस्ताक्षर सहितको टिसर्ट प्रदान गरिने कार्यक्रम संयोजक पुरुषोत्तम पोखरेलले जानकारी दिए।

यस कार्यक्रमले विद्यालय स्तरका खेलाडीलाई सही मार्ग दर्शन, प्रेरणा र राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्यमा सहयोग पुर्‍याउने विश्वास लिएको पोखरेलको भनाइ छ ।

हाल उपत्यका लक्षित गरिएको कार्यक्रम आवश्यकता अनुसार सातै प्रदेशमा गरिने पनि आयोजकले जनाएको छ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More