― Advertisement ―

सुरक्षा विशेषज्ञहरूले आईओएसमा आन्तरिक टनेल आईपी फिंगरप्रिन्टिङबाट बच्नको लागि प्रोटोन ‘केवल VPN’ हो भनेर प्रकट गर्दछ।

प्रोटोनले आईओएसमा औँला प्रिन्टनेल रिसर्च गर्ने VPN अनन्य रूपमा भन्नुहुन्छ Mullvad अन्य पोर्भाइडरहरू मध्ये एक हो जुन त्रुटिको लागि जोखिममा रहन्छ समस्या आईओएस नेटवर्किङ...
HomeLatest newsफेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक – KhabarHost

फेरि सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक – KhabarHost



३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको मिति परिवर्तन भएको छ ।

भोलि (सोमबार) का लागि तय भएको बैठक मंसिर ४ गतेसम्मका लागि सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार मंसिर ४ (बिहीबार) दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पौडेलले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

२८ असोजबाट सुरू भएको बैठकमा गत बिहीबार (कात्तिक २७) सम्म नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो ।

त्यसलगत्तै कात्तिक २९ गते (शनिबार) का लागि बैठक तय भएको थियो । यद्यपि उक्त बैठक पनि बस्न सकेन । त्यसपछि मंसिर १ गतेका लागि तय भएको बैठक पुन: सरेको हो ।

बैठकमा पार्टीको विशेष महाधिवेशन वा नियमित महाधिवेशनबारे नेताहरूले दुईथरी धारणा राखेका थिए ।

विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन समेत भइसकेको अवस्थामा संस्थापन पक्षीय नेताहरू भने चुनावपछि नै नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More