― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsफिल्म ‘पीआर’ को काठमाडौं प्रिमियर (तस्वीर) – KhabarHost

फिल्म ‘पीआर’ को काठमाडौं प्रिमियर (तस्वीर) – KhabarHost


राष्ट्रिय

समाचार.

  • फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ को प्रिमियर क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा बुधबार बेलुका गरिएको छ।
  • फिल्मले नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र प्राप्त गर्न संघर्ष गर्ने कथालाई चित्रण गरेको छ।
  • यो १२८ मिनेट लामो ड्रामा फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘पर्मानेन्ट रेसिडेन्ट : पीआर’ लाई बुधबार बेलुका प्रिमियर गरिएको छ ।

क्यूएफएक्सको सामाखुसीस्थित सिटी स्क्वायर हलमा आयोजित प्रिमियरमा फिल्मको कास्ट एन्ड क्रू सहभागी रहे । निर्देशक शोभित बस्नेत, कलाकार सुरज पौडेल, विनिता कार्की देखिए ।

दिनेश डीसी, दीपाश्री निरौला, गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, दीपक आचार्य काकु, रेखा थापा, जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, देविका बन्दना पनि सहभागी रहे ।

नेपाली विद्यार्थीले अस्ट्रेलियाको स्थायी आवासीय पत्र प्राप्त गर्नको लागि गर्ने संघर्षको कथामा फिल्म आधारित छ । अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको यो फिल्मले वैदेशिक अध्ययनको सामाजिक पाटोलाई केलाउने बताइएको छ ।

१२८ मिनेट रनटाइमको यो फिल्मलाई ड्रामा जनरामा राखिएको छ । फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ ।





Read More