― Advertisement ―

‘हामीले तपाईलाई आज असफल’: डाटा सेन्टर कूलिंग विफलता पछि धेरै घण्टाको लागि नेमचेप डाउन, ग्राहकहरू क्रोधित छोडेर

का लागि प्रमुख सेवाहरू उपलब्ध नहुने, नामचेचेपका लागि कष्ट घण्टाफिनिक्स डाटा सेन्टरमा "कूलिङ समस्याहरू" आउटेजको लागि दोषी ठहरियोग्राहकहरू आक्रोशित हुँदा यो समस्या पूर्ण रूपमा...
HomeLatest newsप्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी फिल्म ‘शार्क’ को एक्सन-प्रधान टिजर सार्वजनिक

प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी फिल्म ‘शार्क’ को एक्सन-प्रधान टिजर सार्वजनिक


राष्ट्रिय

समाचार.

  • नेपाली अभिनेता प्रमोद अग्रहरिले बंगलादेशी एक्सन फिल्म ‘शार्क’ मा डेब्यू गरेका छन् र टिजर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
  • फिल्ममा अग्रहरि समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देखिएका छन् र टिजरले उनको एक्सन अवतार प्रस्तुत गरेको छ।
  • निर्देशक तनमोय सुर्जोको फिल्म हिन्दी र अंग्रेजी भाषामा पनि रिलिज गर्ने तयारीमा छ र अग्रहरिले नेपालमा पनि रिलिज गर्न पहल गर्ने बताए।

काठमाडौं । नेपाली अभिनेता प्रमोद अग्रहरिले डेब्यू गरेको बंगलादेशी एक्सन फिल्म ‘शार्क’ को धमाकेदार टिजर सार्वजनिक भएको छ । निर्माताले विहिबार बेलुका सामाजिक सञ्जालमार्फत टिजर ल्याएका हुन् ।

१ मिनेटको टिजरमा अग्रहरिलाई प्रस्तुत गरिएको छ । शीर्ष भूमिकामध्येमा देखिएका उनलाई समुन्द्रमा गुण्डाहरूसँग भिडिरहेको दृश्यमा देख्न सकिन्छ । उनको अनुहार पछाडिबाट खिचिएका दृश्यमा अग्रहरिलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

टिजर हेर्दा प्रमोदको बंगलादेशी फिल्मको डेब्यू धमाकेदार हुने देखिन्छ । फ्यानले यो फिल्मलाई नेपालमा समेत रिलिज गर्न माग गरिरहेका छन् । बंगाली भाषामा ‘हाङ्गोर’ भनिएपनि फिल्मको अंग्रेजी नाम चाहिँ ‘शार्क’ हो । टिजरमा शार्क माछालाई विम्वपरकरुपमा देखाइएको छ ।

बदलाको कथामा आधारित यो फिल्ममा उनी ‘शार्क’ कै भूमिकामा छन् । तनमोय सुर्जो निर्देशित फिल्ममा अग्रहरिसहित तमिना अथोई, अर्नब खान लगायतको अभिनय छ । बंगाली भाषामा निर्माण भएको फिल्मलाई हिन्दी र अंग्रेजी भाषासहित विदेशमा समेत रिलिज गर्ने तयारी छ ।

अग्रहरिले नेपालमा पनि रिलिज गर्न पहल गर्ने बताए । ‘नेपाली कलाकारले बंगलादेशजस्तो उदीयमान फिल्म इन्डष्ट्रिमा पाइला अघि बढाउनु हाम्रो लागि खुसीको कुरा हो’ अहिले काठमाडौंमा रहेका अग्रहरिले अनलाइनखबरसँग भने ।

उनले अन्य बंगलादेशी फिल्मबाट समेत प्रस्ताव आएको बताए । सबै कुरा ठीकठाक भए उनले चाँडै एक हिन्दी भाषाको फिल्ममा समेत अभिनय गर्नेछन् । यद्यपि, यसले औपचारिकता पाउन बाँकी छ ।

सन् २०१३ मा ‘उमा’ बाट नेपाली फिल्ममा डेब्यू गरेका अग्रहरिले करिअरमा दुई दर्जन नेपाली फिल्ममा अभिनय गरेका छन् । बहुमुखी चरित्रमा आफूलाई जीवन्त तुल्याउन सक्नु अभिनेताको रुपमा उनको खुबी हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More