― Advertisement ―

रोमानियाली ह्याकरहरूले व्यक्तिगत र भुक्तानी जानकारीलाई लक्षित गर्दै ठूलो फिसिङ जाल बनाएपछि लाखौंले नक्कली बुटहरूका सौन्दर्य प्रस्तावहरू प्राप्त गरे।

नक्कली इमेल ठेगानाहरू मार्फत लाखौं ठूलो संख्यामा पुग्यो। अभियानह्याकरहरूले उनीहरूको धोखाधडी बुट चेकआउट पृष्ठ होस्ट गर्न सरकारी वेबसाइट प्रयोग गरेरोमानियाली आक्रमणकारीहरूले सम्झौता गरिएको व्यापार...
HomeLatest newsएमाले प्रचार संयोजकको जिम्मेवारी मीनबहादुर शाहीलाई

एमाले प्रचार संयोजकको जिम्मेवारी मीनबहादुर शाहीलाई


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ।
  • मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ।
  • शाही राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष र सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष हुन्।

२४ पुस, काठमाडौं । नेकपा एमालेले चुनाव केन्द्रीत अस्थायी कार्य विभाजन गरेको छ ।

पदाधिकारीदेखि केन्द्रीय सदस्यहरूसम्मको अस्थायी कार्य विभाजन गर्दा मीनबहादुर शाहीलाई प्रचार कामको संयोजन गर्ने जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चका निवर्तमान अध्यक्ष शाही सामुदायिक रेडियोका अभियान्ता समेत हुन् । उनी हाल सामुदायिक रेडियो विश्व संघका सहअध्यक्ष छन् ।

दुई कार्यकाल सामुदायिक रेडियो प्रशारक संघ (अकोराब) का केन्द्रीय अध्यक्ष रहेका शाहीले एक जिल्ला एक सामुदायिक रेडियो अभियान चलाएका थिए ।





Read More