― Advertisement ―

अमेरिकाले कठोर वेक अप कल प्राप्त गर्‍यो: युक्रेनी ड्रोनले युद्ध खेलहरूमा आर्मर्ड ब्रिगेड आश्चर्यजनक रूपमा द्रुत रूपमा ‘विनाशकारी’

युक्रेनी सेनाको विरुद्धमा युक्रेनी सेनाले सफल अभ्यास गरेको प्रमाणित गरेको छ। "नष्ट" उपकरणहरू सिमुलेटेड लडाईमा पुन: पेश गर्नुपर्‍योदुई हप्ता लामो अभ्यासको क्रममा, अमेरिकी सेनाहरूले...
HomeLatest newsप्रधानमन्त्रीको रूपमा ओलीलाई अघि सार्ने एमालेको निर्णय

प्रधानमन्त्रीको रूपमा ओलीलाई अघि सार्ने एमालेको निर्णय



३ माघ, काठमाडौं । नेकपा एमालेले आगामी प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्ने निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।

‘आजको सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ,’ बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

उनले पार्टीलाई पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेको दाबी पनि गरेका छन् ।

‘नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्नेछ । जस्तोसुकै परिस्थिति सामना गर्नुपरे पनि लोकतन्त्र र राष्ट्रियता जोगाउन एमाले प्रतिबद्ध भएर अघि बढ्नेछ,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More