― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsप्रतिपक्ष भन्छ- असफलता लुकाउने प्रयास – KhabarHost

प्रतिपक्ष भन्छ- असफलता लुकाउने प्रयास – KhabarHost



२२ पुस, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले मंगलबार कांग्रेस-एमाले गठबन्धन सरकारमा रहेका सबै मन्त्री हटाएर नयाँ नियुक्त गरेका हुन् ।

कोशीको मन्त्रिपरिषद्‌मा रहेका एमालेका रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानुन, राम राना आर्थिक मामिला, एकराज कार्की खानेपानी र पाँचकर्ण राई सामाजिक विकास मन्त्री थिए । राज्यमन्त्री सिर्जना राई थिइन् । उनीहरू सबै फिर्ता भए ।

कांग्रेसबाट भूपेन्द्र राई भौतिक पूर्वाधार र स्वास्थ्य, सदानन्द मण्डल पर्यटन र खगेनसिं हाङगाम कषि मन्त्री थिए । भूमिप्रसाद राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री थिए । उनीहरू पनि ब्याक भए ।

सेट नै फिर्ता गरेर मुख्यमन्त्री कार्कीले एमालेबाट विदुर लिङथेपलाई आर्थिक मामिला, चिन्तन (तिलचन) पाठकलाई खानेपानी, इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला तथा कानुन र रामकुमार महतोलाई सामाजिक विकास मन्त्री बनाएका छन् ।

उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको राज्यमन्त्री बनाइएको छ । उनी गर्त वर्ष पनि राज्यमन्त्री बन्ने तयारीमा थिए, तर अन्तिममा ब्याक भए ।

कांग्रेसबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार, भीम पराजुली पर्यटन वन, मानबहादुर लिम्बु स्वास्थ्य र इस्राइल मन्सुरी उद्योग तथा कृषि तथा सहकारी मन्त्री बनेका छन् । शोभा चेम्जोङलाई भौतिक पूर्वाधार राज्यमन्त्री बनाइएको छ ।

भागबण्डा पुर्‍याउन फेरबदल भएका मन्त्रीको कार्य अवधि एक वर्षको हुनेछ । बहिर्गमनमा परेका कांग्रेसका मन्त्री २०८१ भदौ २८ गते मन्त्री बनेका थिए । एक वर्ष पुगेपछि उनीहरूलाई फिर्ता बोलाउने गृहकार्य सुरु भएको थियो ।

एमालेबाट २०८१ जेठ पहिलो साता रामबहादुर मगर, एकराज कार्की, पाँचकर्ण राई र लिलाबल्लभ अधिकारी मन्त्री बनेका थिए । विवादमा परेर अधिकारीले राजीनामा दिएपछि २०८१ मंसिरमा रेवतीरमण भण्डारी मन्त्री बनेका थिए ।

सरकारमा रहेका मन्त्रीहरू पटकपटक विवादमा मुछिएका थिए । हाङगामले गृहजिल्ला ताप्लेजुङ पुगेर पाथिभरा क्षेत्र विकास समिति अध्यक्ष रक्की थेबेलाई कुटपिट गरेपछि विवादमा तानिएका थिए ।

पर्यटन, वन तथा वातावरण मन्त्री हुँदा सदानन्द मण्डल क्यूआर कोड विवादमा मुछिएका थिए । सचिवालयका कर्मचारीमार्फत कार्यालय प्रमुखलाई बैंक खाताको क्यूआर पठाएर सहयोग मागेको आरोप उनीमाथि लागेको थियो । तर उनले अस्वीकार गर्दै आएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर विपक्षी दलहरू भने सन्तुष्ट छैनन् । उनीहरूले सत्ता साझेदार दल भित्रका आकांक्षी सांसदहरूलाई ‘भाग पुर्‍याउन’ गरिएको राजनीतिक व्यवस्थापन मात्रै भनेका छन् ।

सरकारको मुख्य काम जनतालाई सेवा प्रवाह डेलिभरी गर्ने हुनुपर्नेमा सत्ता टिकाउन र असन्तुष्ट सांसदहरूलाई खुसी पार्नकै लागि मन्त्रिपरिषद् पुनर्गठनको शृङ्खला चलिरहेको उनीहरू बताउँछन् ।

प्रतिपक्षको टिप्पणी : असफलता लुकाउने प्रयास

कोशी प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मन्त्रिपरिषद् पुनर्गठनलाई ‘असफल सरकारको असफलता लुकाउने नाटक’ भएको बताए ।

‘सरकार पूर्ण रूपमा असफल भयो, हिजोको टिम विवादरहित रहेन । अहिलेको हेरफेर भागबण्डा पुर्‍याउन र नेता व्यवस्थापन गर्न मात्रै हो,’ आङ्बोले भने, ‘जग नै पुरानो र कमजोर भएपछि मान्छे फेरेर मात्रै सरकार सफल हुँदैन ।’

असफल सरकारबाट प्रदेशवासीले केही आस गर्न नसक्ने उनको भनाइ छ । ‘उहाँहरूले जम्माजम्मी भागबण्डा पुर्‍याउने र नेता व्यवस्थापन गर्ने बाहेक अन्य काम भएको छैन,’ उनले भने, ‘यो सरकार असफल भएर सेट परिवर्तन भएको हो, मान्छे फेरेर परिवर्तन हुँदैन, जग पुरानै भएका कारण सरकार बन्ने त असफल नै हो ।’

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More