― Advertisement ―

टेस्कोले VMware बन्द हजारौं सर्भरहरू डम्प गर्दछ, ब्रोडकमबाट ‘अपमानजनक आचरण’ लाई दोष दिन्छ

Tesco,0rs04 बाट टाढा सार्नुहोस् VMwareBroadcom ले UK खुद्रा विक्रेताबाट कानुनी कारबाहीको सामना गर्छ, जसले "अपमानजनक आचरण" आरोप लगाएको छHPE भर्खरै प्रभावित ग्राहकहरूका लागि निःशुल्क...
HomeLatest newsप्रेमीबाटै भएको थियो अविना वैधको हत्या – KhabarHost

प्रेमीबाटै भएको थियो अविना वैधको हत्या – KhabarHost



२२ पुस, जनकपुरधाम । सिरहाको कर्जन्हा नगरपालिका-१ बाल्टियाकी १७ वर्षीया किशोरी अविना वैधको हत्या आफ्नै प्रेमीबाट भएको खुलेको छ ।

घटना भएको एक महिनापछि मंगलबार अविनाको हत्यामा संलग्न धनुषा क्षिरेश्वर नगरपालिका-३ बस्ने ४५ वर्षीय रामबालक चौधरीलाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

सिरहा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका चौधरीसँग पहिलादेखि नै अविनाको प्रेमसम्बन्ध रहेको खुलेको छ ।

चौधरी विवाहित हुन् । प्रहरीका अनुसार चौधरीका एक सन्तानसमेत छन् । तर पछिल्लो समय श्रीमतीसँग खटपटको कारण उनी अलग्गै बस्दै आएका थिए ।

गत मंसिर २२ गते पौने ३ बजेतिर कर्जन्हा नगरपालिका-२ स्कुल टोलस्थित कमला सिंचाइ नहर नजिक झाडीमा बल्टिया बस्ने सूर्यदेव वैधकी छोरी १७ वर्षीया अविनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चयाको संयुक्त टोलीले गरेको अनुसन्धानबाट चौधरीले नै हत्या गरेको खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले बताए ।

मंसिर २१ गते राति ७ बजे धनुषाको पोर्ताहास्थित होटलमा चौधरीले मादक पदार्थ सेवन गरी पटकपटक अविनालाई फोन सम्पर्क गरेका थिए । त्यस क्रममा साढे ८ बजे अविना र रामबालकबीच फोनमा कुरा भयो । त्यसपछि रामबालकले अविनालाई भेटका लागि बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

राति सवा ९ बजे बजे अविना रामबालक चौधरीको डेरामा पुगेकी थिइन् । त्यसपछि रामबालकले अविनालाई कमला नदीको किनार हुँदै घर छाड्न जाने क्रममा घटनास्थल नजिक पुगेर सहमतिमै शारीरिक सम्पर्क गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अविनाले रामबालकलाई पहिलेदेखि नै विवाहको प्रस्ताव राख्ने गरेकी थिइन् । तर अविनाले अन्य पुरुष मानिससँग फोनमा अडियो-भिडियो कल गर्ने गरेको र त्यो कुरा रामबालकलाई मन परेको थिएन । यो विषयमा पहिले पनि दुवै जनाबीच विवाद पर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

अन्य पुरुषसँग सम्बन्ध राख्ने गरेको आशंकामा आवेशमा आएर रामबालकले अविनाको घाँटी थिचेर ढुंगाले दाहिने गालामा प्रहार गरेका थिए । त्यसपछि अविना बेहोस भएपछि बोकेर नजिकैको झाडीमा लगेर ढुंगाले अनुहार किचेर घटनास्थलबाट भागेको खुलेको डीएसपी पालले बताए ।

रामबालकलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More