― Advertisement ―

एलोन मस्क द्वारा दिन को उद्धरण: ‘[टेस्ला बोट] मा समय संग मानव श्रम को एक सामान्य विकल्प हुन सक्ने क्षमता छ’ – काम को...

Tesla Optimus, Tesla Bot को रूपमा पनि चिनिन्छ, Humanoid रोबोटहरूको सम्पूर्ण सूची मध्ये एक हो जुन निर्माताहरूले विगत केही वर्षहरूमा अनावरण गरेका छन्। ह्युमनोइड...
HomeLatest newsपूर्वमन्त्री दाहालको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो कांग्रेस बैठक

पूर्वमन्त्री दाहालको निधनमा शोक प्रस्ताव पारित गर्दै सकियो कांग्रेस बैठक


दिवंगत होमनाथ दाहाल



२६ पुस, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री एवं नेता होमनाथ दाहालको निधनप्रति शोक व्यक्त गरेको छ ।

आज बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको हो ।

वरिष्ठ पत्रकारसमेत रहेका दाहालको उपचारका लागि वीर अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि हुँदैछ ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य, प्रवक्ता तथा बौद्धिक विभाग संयोजक भएर काम गरेका उनी २०६१ मा कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

यो बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रका शर्मा भनेका सहभागी भएका थिएनन् । उनीहरु २७ र २८ गते विशेष महाधिवेशन घोषणा गरेर तयारीमा जुटेका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More