― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsबाँकेको ‘डल्फिन फिड्स’ मा भेटिएको साढे २ टन अखाद्य मकै नष्ट

बाँकेको ‘डल्फिन फिड्स’ मा भेटिएको साढे २ टन अखाद्य मकै नष्ट


राष्ट्रिय

समाचार.

  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित डल्फिन फिड्स प्रालिमा भेटिएको २ हजार ५ सय किलो अखाद्य मकै नष्ट गरेको छ।
  • उद्योग अनुगमनमा ९३ बोरा मकैमा ‘कैफियत युक्त’ ट्याग भेटिएको र ५० बोरा मकैमा खराबी देखिएको पुष्टि भएको छ।
  • खराबी देखिएका ५० बोरा मकैको मूल्य ८२ हजार ५ सय रुपैयाँ बराबर रहेको विभागले जनाएको छ।

२६ पुस, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाँके कोहलपुरस्थित एक उद्योगमा भेटिएको २ हजार ५ सय किलो (साढे २ टन) अखाद्य मकै नष्ट गरेको छ ।

विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले कोहलपुर नगरपालिका–७ स्थित ‘डल्फिन फिड्स प्रालि’ मा भेटिएको उक्त परिमाणको मकै नष्ट गरेको हो ।

विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार १७ मंसिरमा उद्योग अनुगमन गर्दा त्यहाँ ९३ बोरा मकैमा उद्योगले नै ‘कैफियत युक्त’ भनी ट्याग टाँसेर राखेको पाइएको थियो ।

उक्त ९३ बोरा मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत (खराबी) देखिएको र बाँकी ४३ बोरा भने प्रयोगका लागि अनुकूल पाइएको थियो ।

प्रयोगशाला रिपोर्टका आधारमा शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज कोहलपुर–७ का अध्यक्ष र डल्फिन फिड्सका सञ्चालकको रोहबरमा कैफियत देखिएका ५० बोरा मकै नष्ट गरिएको छ ।

५० किलोका दरले हुने जम्मा २ हजार ५ सय किलो उक्त मकैको मूल्य ८२ हजार ५ सय रुपैयाँ बराबर रहेको विभागले जनाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More