― Advertisement ―

‘एआई ट्राफिकले इन्टरनेट चलाउने तरिकामा मौलिक रूपमा परिवर्तन गरिरहेको छ’: नयाँ रिपोर्टले बट ट्राफिक मानव प्रयोगकर्ताहरू भन्दा ६.५ गुणा छिटो बढिरहेको दाबी गरेको छ...

मानव ट्राफिक माथि छ, तर Faly6st ट्राफिक बढेको छ। दावीहरूअपरिचित AI अनुरोधहरूले होस्टिंग पूर्वाधारमा तनाव सिर्जना गर्दैछव्यवसायहरूले वेबसाइट व्यवस्थापन र सामग्री पत्ता लगाउने क्षमतामा...
HomeLatest newsपूर्णबहादुर खड्का – KhabarHost

पूर्णबहादुर खड्का – KhabarHost



२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छानबिन गर्नुपर्ने बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा आयोजित नेकपा एमालेको ११औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो बताएका हुन् ।

‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन गठित उच्च स्तरीय न्यायीक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भइ निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्दछ,’ कार्यवाहक सभापति खड्काले भने ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि सरकारले लगाएको स्थानहदले धेरै प्रश्नहरू उब्जाएको पनि बताए । ‘यही क्रममा नेताहरूका स्थानहदका निर्णयहरू लगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएका छन्,’ खड्काले भने, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन जरूरी छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरूरी छ ।’

कार्यवाहक सभापति खड्काले नागरिकको जीउ–धनको सुरक्षा जिम्मेवारी लिएका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने कार्य भएको भन्दै नागरिकको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरी उनीहरूको सर्वश्व खतम पारिएको बताए ।

‘उनीहरूले न्याय पाउने विषय, कानुनी राज्यको प्रमुख दायित्वभित्र पर्दछ । यो सरकारको कर्तव्य हो,’ खड्काले भने, ‘सरकारको दायितव हो र बनेका आयोगहरूको परम कर्तव्य हो ।

कार्यवाहक सभापति खड्काले लोकतन्त्रमाथि कुनै निरंकुशता वा अस्थिरताको कालो बादल मडारिँदा तत्कालै कांग्रेस, एमाले र अन्य लोकतान्त्रिक दलहरू एक ठाउँमा उभिएर परिस्थितिको डटेर प्रतिवाद गर्ने गरेको इतिहास पनिस्मरण गरे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More