― Advertisement ―

जहाँबाट RT कसरी हेर्ने – रूस टुडे लाइभ स्ट्रिम गर्नुहोस्

हालैका वर्षहरूमा, RT (पहिले रूस टुडे) लाई बेलायत, क्यानडा र EU भरी प्रतिबन्धित गरिएको छ, अष्ट्रेलियामा डि-प्लेटफर्म गरिएको छ, र अमेरिकामा भारी प्रतिबन्धहरूको अधीनमा...
HomeLatest newsएनपीएल फाइनल खेलको उत्साह (तस्वीरहरु) – KhabarHost

एनपीएल फाइनल खेलको उत्साह (तस्वीरहरु) – KhabarHost



२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु भएको छ । साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका छन् ।

फाइनल खेल हेर्न क्रिकेट प्रेमीहरूले उत्साहित छन् । टिकट शुक्रबार नै बिक्री भइसकेको थियो । दर्शकहरु त्रिवि रंगशाला भरिएको छ । रंगशाला बाहिर पनि दर्शकहरूको भीड लागेको छ ।

फाइनलमा सुदूरपश्चिमले पहिले ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले आजको खेलका लागि २ परिवर्तन गरेको छ । मुख्तार अहमदको ठाउँमा पुनीत मेहरा आएका छन् भने मिलन बोहराको ठाउँमा दीपक बोहरा आएका छन् ।

लुम्बिनीले एक परिवर्तन गरेको छ । जेजे स्मिथको स्थानमा श्रीलंकन मोभिन शुभसिंहा आएका छन् । उनी पहिलो खेल खेल्दै छन् ।





Read More