― Advertisement ―

‘हामीले प्रमाणित गरेका छौं कि कार्बन हटाउने प्रविधिले काम गर्न सक्छ’: गुगल, एन्थ्रोपिक, सेल्सफोर्स र अन्यले नयाँ वातावरणीय धक्कामा लगभग $१ बिलियन प्रतिज्ञा गरेका...

ग्रोथ कारबोन भविष्यको प्रतिज्ञा प्रतिबद्धताहरूस्टार्टअपहरूले बढेको आत्मविश्वासका कारण लगानीकर्ता कोष प्राप्त गर्न सक्षम हुनुपर्छकार्बन हटाउने धेरै प्रविधिहरूमा निर्भर हुनेछ, जस्तै बायोमास भण्डारण र महासागर...
HomeLatest newsपुस १० भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर

पुस १० भित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न जसपा नेपालको सर्कुलर


राष्ट्रिय

समाचार.

  • जनता समाजवादी पार्टी नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ।
  • संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाउनुपर्नेछ।
  • प्रदेश समितिले पुस २० गतेभित्र कम्तिमा तीन सम्भावित उम्मेदवारको नामावली केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ र अन्तिम निर्णय संघीय संसदीय बोर्डले गर्नेछ।

२८ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहत समितिमा सर्कुलर जारी गरेको छ ।

संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा र जिल्ला समितिले आवश्यक निर्णयका साथ पुस १५ गतेभित्र प्रदेश समितिमा उम्मेदवारहरुको नाम पठाइसक्नुपर्ने प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीउपर निर्णय गरी पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा तीन जनासम्म हुने गरी अनिवार्य रुपले सम्भावित उम्मेदवारहरुको नामावली केन्द्रीय कार्यालयमा पठाउन सर्कुलर गरिएको छ ।

बस्नेतका अनुसार समानुपातिक तर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तिमा ३ जना पुरूष र ३ जना महिला जातीय कलष्टर अनुसार समावेशी हुने गरी प्रदेश समितिमा पठाउने र प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालय वा संसदीय बोर्डमा बुझाउनुपर्ने छ ।

कुनै कारणवस तोकिएको निर्धारित समयभित्र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष/समानुपातिक तर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डलाई प्राप्त नभएमा वा हुन नसकेमा संसदीय बोर्डले नै उम्मेदवारको मनोनयन गरी कार्यान्वयन गर्न सक्ने बस्नेतले बताए ।

संघीय संसदीय बोर्डमा नाम पठाउदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिले गरेका निर्णयहरू बैठकको निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गरी पठाउनु पर्ने सर्कुलरमा उल्लेख छ ।

उम्मेदवारहरूको अन्तिम निर्णय भने संघीय संसदीय बोर्डले नै गर्ने जसपा नेपालले जनाएको छ ।





Read More