― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeपाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकिलो ७०० रुपैयाँसम्म

पाकिस्तानमा गोलभेडाको मूल्य प्रतिकिलो ७०० रुपैयाँसम्म


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पाकिस्तानका कराची र इस्लामाबादमा गोलभेडाको मूल्य थोकमा ५०० देखि ५५० रुपैयाँ प्रतिकिलो पुगेको छ।
  • खुद्रा बजारमा गोलभेडाको मूल्य ६०० देखि ७०० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।
  • अफगानिस्तान र इरानबाट आपूर्तिमा अवरोध, वर्षा र बाढीले बालीमा क्षति र बलुचिस्तानमा खेती घट्नु मूल्य वृद्धिका मुख्य कारण हुन्।

३ कात्तिक, काठमाडौं । पाकिस्तानका विभिन्न शहरहरूमा गोलभेडाको मूल्य ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

कराची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीहरूका अनुसार आइतबार रात कराचीमा गोलभेडाको थोक मूल्य प्रतिकिलो ५५० रुपैयाँ थियो भने इस्लामाबादमा ५०० रुपैयाँसम्म पुगेको थियो।

कराची र इस्लामाबादका खुद्रा बजारमा गोलभेडाको मूल्य ६०० देखि ७०० रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ।

बीबीसीले स्थानीय व्यापारीहरूलाई उद्धृत गर्दै लेखे अनुसार, गोलभेडाको मूल्य चुलिनुका पछाडि धेरै कारण छन् । यीमध्ये अफगानिस्तान र इरानबाट आपूर्तिमा आएको अवरोध, वर्षा र बाढीका कारण बालीमा भएको क्षति र बलुचिस्तानमा खेती घट्नु मुख्य कारण रहेका हुन् ।

उनीहरूका अनुसार, पञ्जाबमा आएको बाढीका कारण अन्य तरकारीहरूको मूल्य पनि बढेको छ र अहिले मूल्य घट्ने सम्भावना कम देखिन्छ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More