― Advertisement ―

रनिङ प्वाइन्ट सिजन २ नेटफ्लिक्स समर्पणको व्याख्या: निको मिजाइलोभिक को हुन्?

यदि तपाईंले मेरो 2-em-point-review> बिन्दु सिजन २ समीक्षा, तपाईले पहिले नै थाहा पाउनुहुनेछ कि म सबैभन्दा ठूलो प्रशंसक थिइनँ। यो भनिएको छ, सबै कुरा...
Homeलक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात

लक्ष्मी पूजामा स्वदेशी माग धानेर १०१५ मेगावाट विजुली भारत निर्यात


News Summary

Generated by OK AI. Editorially reviewed.

  • यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ।
  • नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् मागलाई देशभित्रैका विद्युतगृहबाट उत्पादन गरी आपूर्ति गरिएको बताएको छ।
  • यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड भएको छ, जुन गत वर्षको भन्दा धेरै हो।

३ कात्तिक, काठमाडौं । यसवर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ ।

लक्ष्मीपूजाको दिन आइतबार साँझ ६:५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत वर्षको १६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियोगत वर्षको भन्दा यसवर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ४८ मेगावाट बढी हो

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहकबाहेकको भएको प्राधिकरणको भनाइ छ । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युतगृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।

देशभित्रको विद्युत् मागलाई पूरा गरी बढी भएको १ हजार १५ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा २५३ मेगावाट निर्यात गरिएको थियो ।

लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्‌को माग २ हजार ६६५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमाण्ड एक हजार ८५५ मेगावाट थियो ।

यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौँ उपत्यकाको पिक डिमाण्ड १हजा ६५० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३९० मेगावाट थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More