― Advertisement ―

अनुसन्धान नक्सा 94 सिम फार्म डिप्लोइमेन्टहरू प्रमुख यूके र यूएस नेटवर्कहरू सहित 35 मोबाइल वाहकहरूसँग जोडिएको छ।

SIM deplo1 मार्फत सिम डेप्लो देशहरू मार्फत साझेदारी गरियो। सफ्टवेयररिमोट सिम पूर्वाधारले विश्वव्यापी रूपमा फोन-आधारित प्रमाणिकरण प्रणालीहरूको बाइपास सक्षम गर्दछनेटवर्कले युरोप उत्तर अमेरिका र...
Homeपरिवारलाई जिम्मा लगाइयो विपिन जोशीको शव – KhabarHost

परिवारलाई जिम्मा लगाइयो विपिन जोशीको शव – KhabarHost



३ कात्तिक, काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो ।

जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घरमा लगिने छ । कञ्चनपुरमै उनको अन्तिम दाह संस्कार गरिने बताइएको छ ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।

इजरायल र हमासबीच युद्धविराम सम्झौतापछि बन्दी साटासाट गर्ने क्रममा हमासले विपिनको भनेर इजरायली सेनालाई शव हस्तान्तरण गरेको थियो ।

उनको डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको थियो भने फरेन्सिक जाँचमा अपहरण भएताका नै मृत्यु भएको पाइएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन् ।

विपिनको शव नेपाल ल्याउनुअघि आइतबार इजरायलको राजधानी तेल अवीवस्थित खटिभा ८ को स्मारक, बेनगुरिएन विमास्थलमा श्रद्धाञ्जली दिइएको थियो ।  उनको शव रहेको कफिनमा नेपाली झण्डा ओढाइएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More