― Advertisement ―

NYT Strands संकेत र उत्तरहरू बिहीबार, अप्रिल 23 (खेल #781)

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzle रात्रिको लागि तपाइँको दिनको मध्यमा एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
Homeविमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’ले जित्यो उत्कृष्ट केनाइन अवार्ड

विमानस्थलमा गाँजा समात्ने ‘घुङ्ग्रु’ले जित्यो उत्कृष्ट केनाइन अवार्ड



२ कात्तिक, काठमाडौं । हवाई मार्ग हुँदै तस्करी हुने लागुऔषधको खोजीमा सक्रिय घुङ्ग्रु नामको कुकुरले यस वर्षको उत्कृष्ट केनाइन (कुकुर) अवार्ड पाएको छ ।

हरेक वर्ष कुकुर तिहारको दिन प्रहरीले अपराध अनुसन्धानमा सक्रिय कुकुरमध्येबाट उत्कृष्ट कुकुर छनोट गर्दै आएको छ । लागुऔषध गाँजाको खोजी तथा पहिचानमा सक्रिय घुङ्ग्रुले यस वर्षको उत्कृष्ट कुकुरको अवार्ड पाएको हो ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जका प्रवक्ता तथा डीएसपी चेतनारायण ज्ञवालीले विनमानस्थलमार्फत तस्करी हुने गाँजाको पहिचान गरी पक्राउ गर्न सहयोग गर्ने घुङ्ग्रुले अवार्ड जितेको बताए ।

४ चैत २०७४ मा जन्मिएको घुङ्ग्रु जर्मन सेफर्ड जातको कुकुर हो । यसको विशेषज्ञता लागुऔषधको खोजी एवं पहिचानमा छ । विगत ७ वर्षदेखि लागुऔषध पहिचानमा खटिएको घुङ्ग्रुले हवाई मार्ग हुँदै विमानस्थलमा भित्रिएको लागुऔषधको पहिचान गरेको थियो ।

५ साउन २०८२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आवगमनतर्फको लगेज जाँच गर्ने क्रममा घुङ्ग्रुले स्निफिङ गरेको (सुघेको) थियो । दिउँसो १२:४५ मा बैंककबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको थाई एयरवेजको उडान नम्बर टीजी-३१९ को जहाजमा ल्याइएको लगेज घुङ्ग्रुले स्निफिङ गरेको  थियो ।

सो क्रममा घुङ्ग्रुले शंकास्पद वस्तु रहेको संकेत गर्‍यो । भारतीय नागरिक धर्मेश रसिकभाइ चुनाराले ल्याएको लगेज घुङ्ग्रुले शंकास्पद रहेको संकेत गरेपछि प्रहरीले जाँच गर्दा गाँजा फेला पर्‍यो ।

त्यसपछि ३२ वर्षीय चुनारा १४ किलो २१० ग्राम गाँजासहित पक्राउ परेका थिए । कालो प्लास्टिकमा प्याक गरेर सुरक्षाकर्मीलाई छल्दै विमानस्थलबाट बाहिर लागेका चुनाराले घुङ्ग्रुलाई भने छक्याउन सकेनन् । अन्ततः उनी पक्राउ परे ।

यही जहाजमार्फत ल्याइएको गाँजा यसअघि पनि घुङ्ग्रुले नै पत्ता लगाएको थियो । २४ चैत २०८१ मा बैंककबाट आएको थाई एयरवेजको फ्लाइट नम्बर टीजी–३१९ नम्बरको जहाज दिउँसो १२:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

चिप्स, चक्लेट र मासुका प्याकेटले भरिएको एउटा सुटकेस जाँच पास भएर अघि बढ्यो । तर सुटकेस फेरि घुङ्ग्रुलाई सुघाइयो । केही समयअघि नै जाँच पास भएको उक्त सुटकेसलाई घुङ्ग्रुले शंकास्पद रहेको संकेत गर्‍यो ।

पछि ती प्याकेट खोलेर हेर्दा प्रहरी नै छक्क परे । चिप्स, चकलेट र मासुको प्याकेटभित्र लुकाएर बैंककदेखि गाँजा ल्याइएको खुल्यो । त्यसपछि प्रहरीले ९ किलो अमेरिकन गाँजा बरामद गर्‍यो ।

वासिङ मेसिनभित्र आएको गाँजा पनि घुङ्ग्रुले पत्ता लगाएको थियो

४ चैत २०८० मा कतार एअरलाइन्समार्फत अमेरिकादेखि एउटा वासिङ मेसिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्छ । विमानस्थल भन्सारको कार्गो कम्प्लेक्सको आयाततर्फको गोदाममा उक्त मेसिन राखिन्छ ।

कार्गोमा आइपुगेको उक्त वासङ मेसिन घुङ्ग्रुलाई सुघाइन्छ । त्यसपछि घुङ्ग्रुले लागुऔषध रहेको संकेत गर्छ । घुङ्ग्रुको संकेतपछि वासिङ मेसिन खोलेर हेर्दा २० किलो गाँजा फेला पर्छ ।

त्यसपछि वासिङ मेसिन मगाउने कम्पनी सुशान्त इम्पेक्सका सञ्चालक सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-५ घर भई काठमाडौं बस्दै आएका ३९ वर्षीय सुखल राउत र उनकी श्रीमती ३५ वर्षीया शान्ति तामाङलाई पक्राउ पर्छन् ।

सुखल दम्पतीले करिब २ वर्षअघि सुशान्त इम्पेक्स नामक दर्ता गरेर विदेश सामान पठाउने काम गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । तर पक्राउ परेको दम्पतीले उक्त गाँजा आफूहरूले नमगाएको दाबी गरेका थिए ।

२ चैत २०८० मा सुखलसँग चिनजान भएका विशाल जैसवालले आफूहरूको कम्पनीमार्फत वासिङ मेसिन मगाएको र त्यसभित्र गाँजा भेटिएको भनाइ सुखल दम्पतीको थियो ।

१०१ तालिम प्राप्त कुकुर

हाल नेपाल प्रहरीसँग घुङ्ग्रु जस्ता तालिमप्राप्त १०१ कुकुर छन् । नेपाल प्रहरीले २०२६ सालदेखि अपराध अनुसन्धानमा केनाइनको प्रयोग गर्दै आएको छ । २०२६ सालमा मलेसियामा तालिम गर्न गएका प्रहरी कर्मचारीहरूले मलेसियन सरकारको सहयोगमा २ वटा तालिमप्राप्त केनाइन ल्याएका थिए । सोही वर्षमा प्रहरीले नेपालमा २ वटा केनाइन खरिद गरेको थियो । ४ वटा केनाइनबाट अपराध अनुसन्धान सुरु गरिएको थियो ।

२०३२ सालमा सईको कमान्डमा १० जनाको दरबन्दी कायम गरी कुकुर शाखाको स्थापना गरिएको थियो । २०४७ सालमा तत्कालीन कुकुर शाखाको नाम परिवर्तन गरी केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल नाम राखियो । सोही वर्ष ५ वटा विकास क्षेत्रका लागि दरबन्दी समेत निकासा भएको थियो ।

यसलाई २०७५ सालमा केनाइन महाशाखामा स्तरोन्नति गरियो । २०७८ सालमा नेपाल प्रहरी केनाइन कार्यालय नामकरण भयो । २०७५ सालदेखि भने प्रहरीले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन शब्द प्रयोग गर्न थालेको छ ।

अपराध अनुसन्धानमा खटिने तालिमप्राप्त कुकुरहरूलाई कुकुर नभनी केनाइन भन्ने आम प्रचलन रहेकाले अहिले कुकुर शब्द प्रयोग गर्न छाडेर केनाइन भन्न थालिएको केनाइन कार्यालयका एसपी रामचन्द्र सत्याल बताउँछन् ।

देशका विभिन्न १३ स्थानबाट प्रहरीका १०१ तालिम प्राप्त कुकुरले सेवा दिइरहेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More