― Advertisement ―

‘के कुराले CV लाई अलग बनाउँछ तपाईले यसमा थप्नु भएको व्यक्तिगत स्पर्श हो’: पेशेवर CV लेखकहरूले पनि पुन: सुरुवात लेख्न AI प्रयोग नगर्न चेतावनी...

तिनीहरूले अहिले आधाभन्दा बढी काम गर्ने लेखकहरू प्राप्त गर्छन्। AIएआई-उत्पन्न गरिएको पाठ अवैयक्तिक र अतिशयोक्तिपूर्ण हुने जोखिमतर प्रविधिले अभिव्यक्ति, रचनात्मकता र कथा कथनमा मद्दत...
HomeLatest newsनेपालले श्रीलंकालाई हरायो – KhabarHost

नेपालले श्रीलंकालाई हरायो – KhabarHost


राष्ट्रिय

समाचार.

  • थाइल्यान्डको बैंककमा जारी साफ फुटसल च्याम्पियनसिपमा नेपालले श्रीलंकालाई २–१ ले हराउँदै पुरुषतर्फ विजयी सुरुवात गरेको छ।
  • सरोज तामाङले दुई गोल गर्दै नेपाललाई जित दिलाएका थिए भने मोहमेद साजनले श्रीलंकाका लागि अग्रता गोल गरेका थिए।
  • नेपाली पुरुष राष्ट्रिय फुटसल टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि पहिलो पटक जित हात पारेको हो।

२ माघ, काठमाडौं । थाइल्यान्डको बैंककमा भईरहेको साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले विजयी सुरुवात गरेको छ ।

सरोज तामाङको दुई गोलमा शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई २–१ ले हराएको हो ।

खेलको १०औं मिनेटमा मोहमेद साजनले गोल गर्दै श्रीलंकालाई अग्रता दिलाएका थिए । तर नेपालल पाँच मिनेटपछि नै बराबरी गोल फर्कायो । सरोज तामाङले बराबरी गोल गरेका थिए ।

त्यसपछि सरोजले दोस्रो हाफमा निर्णायक गोल गर्दै नेपाललाई जित दिलाए ।

नेपाली पुरुष राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटसलमा ७ वर्षपछि पहिलो जित हात पारेको छ ।

नेपाली पुरुष फुटसल टिमले पछिल्लो पटक सन् २०१८ मा पाकिस्तानलाई २–१ ले हराएको थियो ।





Read More