― Advertisement ―

१०-दिनको ब्याट्री लाइफको साथ उत्तम बजेट Fitbit अब अमेजनमा यो मूल्य कटौती पछि सुपर सस्तो छ

Google आफ्नो स्मार्टवाचहरू र फिटनेस ट्र्याकरहरू, तर यी उपकरणहरू तपाईंको स्वास्थ्य र व्यायाम ट्र्याक गर्नका लागि केही उत्कृष्ट विकल्पहरू हुन्। र अब, थप...
HomeLatest newsनेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश – KhabarHost

नेकपा (बहुमत) का ललितपुर इन्चार्ज कांग्रेस प्रवेश – KhabarHost



२३ माघ, काठमाडौं । नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी शुक्रबार १२ जना सहकर्मीसहित नेकपा (बहुमत) त्यागेर कांग्रेसमा प्रवेश गरेका हुन् ।

ललितपुरका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा जारी जिल्ला भेलामा पुगेर सिलवालले उपसभापति विश्वप्रकाश शर्माको उपस्थितिमा पार्टी प्रवेश गरेको बताइएको छ ।

उपसभापतिको हातबाट रुद्राक्षको माला लगाएर सिलवालसहितका नेताहरूले कांग्रेसमा प्रवेश गरेको शर्माको सचिवालयले जनाएको छ ।

विशेष महाधिवेशन गरेर नयाँ दृष्टि र नयाँ नेतृत्वसहित कांग्रेस अगाडि आएका कारण पार्टीमा प्रवेश गरेको सिलवालले कार्यक्रममा बताएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More