― Advertisement ―

नयाँ नियामक प्रस्तावहरू पछ्याउँदै टर्कीमा प्रोटोन VPN प्रयोग स्पाइक

Turkeys प्रि-लिसिङ सिस्टम र VNP पार गर्दै हिंसात्मक सामग्रीमा नाबालिगहरूको पहुँचलाई प्रतिबन्धित गर्न मोबाइल "चाइल्ड लाइन"।सान्लिउर्फा र कहरामनमारासमा लगातार विद्यालय आक्रमणहरूपछि नियामक सुधार।प्रोटोन VPN...
HomeLatest newsनिर्वाचन आयोगले गर्‍यो अन्तिम मतदाता नामावली प्रकाशन

निर्वाचन आयोगले गर्‍यो अन्तिम मतदाता नामावली प्रकाशन



१२ पुस, काठमाडौं । निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले फागुन २० गतेसम्ममा १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिएको जानकारी गराएका छन् ।

उनका अनुसार, अन्तिम मतदाता नामावलीमा ९६ लाख ६३ हजार ३५८ पुरूष, ९२ लाख ४० हजार १३१ महिला र अन्य २०० गरी जम्मा १,८९,०३,६८९ मतदाता समावेश भएका छन् ।

सम्बन्धित मतदाताले मतदाता नामावलीमा आफ्नो नाम हेर्नसक्ने गरी अन्तिम मतदाता नामावली आयोगको वेबसाइटमा प्रकाशन गरिएको पनि आयोगले जानकारी गराएको छ ।

२०७९ को तुलनामा २०८२ मा कूल मतदाताको संख्या ९ लाख १५ हजार ११९ ले वृद्धि भएको छ । ०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए ।

त्यस्तै, अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूलाई मतदान गर्नका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको आयोगले जनाएको छ ।





Read More