― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsनयाँ ७ लाख राहदानी खरिद सम्झौता, तीन हप्ताभित्रै पहिलो किस्ता आउने

नयाँ ७ लाख राहदानी खरिद सम्झौता, तीन हप्ताभित्रै पहिलो किस्ता आउने



५ मंसिर, काठमाडौं । आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने भएको छ ।

राहदानी विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आगामी तीन हप्ताभित्रै राहदानीको पहिलो किस्ता आउने गरी क्रमशः थप राहदानी आपूर्ति हुने जनाएको हो ।

साविकको फ्रान्सेली आपूर्तिकर्ता कम्पनीसँगै पुरानै मूल्यमा नबढ्ने गरी नयाँ ७ लाख विद्युतीय राहदानी खरिदको सम्झौता भएसँगै अब सेवाग्राहीले अनिश्चितकालसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विभागको भनाइ छ।

विभागले राहदानी जारी सम्बन्धी तीन वटा व्यवस्था मिलाएको जनाएको छ ।

यसअघि दैनिक १ हजारको संख्यामा अपोइन्टमेन्ट स्लट खोल्ने गरेकोमा सेवाग्राहीको माग अनुसार सो संख्यालाई विभागको दैनिक क्षमता अनुसार बढाइ सेवाग्राहीहरूलाई पर्याप्त राहदानी आवेदन स्लट उपलब्ध गराउँदै लगिने विभागले जनाएको छ । जसका लागि विभागका उपलब्ध जनशक्तिलाई आवश्यकता अनुसार अतिरिक्त समय काममा लगाई यथाशीघ्र राहदानी आपूर्ति सहज बनाउने व्यवस्था मिलाइने छ ।

विदेशस्थित नेपाली नियोगमा राहदानीका लागि आवेदन  दिएका आवेदकहरूको राहदानी साविककै हिसावमा एक दुई हप्ताभित्र छपाइ गरी पठाउने व्यवस्था मिलाउने आयोगको भनाइ छ ।

यसैगरी जिल्ला/इलाका प्रशासन कार्यालयहरूबाट आवेदन दिने आवेदकहरूको हकमा कम्तीमा १५ कात्तिकसम्म आवेदन दिने आवेदकहरूको राहदानी  दुई हप्ताभित्र र उक्त मितिपछि आवेदन दिने आवेदकहरूको राहदानी साविक बमोजिम क्रमशः छपाइ गरी पठाउने व्यवस्था मिलाइने छ ।

विभागका अनुसार यस व्यवस्थाले राहदानी पुस्तिकाको पर्याप्त मौज्दात सुनिश्चित भएकोले राहदानीको उत्पादन कटौती हटाएको छ।

यसअघि मौज्दात सकिँदै गएको र वैकल्पिक व्यवस्थान गर्न नसकेको कारण राहदानी विभागले दैनिक एक हजारमा सीमित गरी उपलब्ध गराउँदै आएको थियो । नवीकरण गर्नुपर्ने र नयाँ लिनुपर्ने गरी दैनिक करिब ६ हजार राहदानीको माग भए पनि सरकारले एक चौथाइ पनि उपलब्ध गराउन नसक्दा सेवाग्राहीलाई निकै ठूलो मर्का परिरहेको थियो।

हेर्नुहोस् विज्ञप्ति :

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More