― Advertisement ―

LG C5 हाम्रो शीर्ष-मूल्याङ्कन गरिएको टिभी हो र Amazon को सबैभन्दा धेरै बिक्रि हुने OLED डिस्प्ले हो — 42-इन्च मोडेल मात्र $999 मा पाउनुहोस्

यदि तपाईंले Amazon मा सबैभन्दा बढी बिक्रि हुने OLED टिभी, तपाईले <a-link" डेटा-लाइनमा फेला पार्नुहुनेछ। href="https://www.techradar.com/tag/lg" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/lg" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://s.dar.g. 42-इन्च C5 OLED...
HomeLatest newsदोस्रो दिन मनाइयो फूलबारी लिला – KhabarHost

दोस्रो दिन मनाइयो फूलबारी लिला – KhabarHost


राष्ट्रिय

समाचार.

  • ५ मंसिर जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन फूलबारी लिला मनाइएको छ।
  • फूलबारी लिलामा राम लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ।
  • भोलि सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत धनुष यज्ञको कार्यक्रम हुने छ।

५ मंसिर, जनकपुरधाम। सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोश्रो दिन आज फूलबारी लिला मनाइएको छ।

साँझ जानकी मन्दिरको छेउमा रहेको विवाहमण्डपको फूलबारीमा राम लक्ष्मणलाई अवलोकन गराउँदै जानकीसँग भेटाउँदै फूलबारी लिला मनाइएका हुन्।

फूलबारी लिलामा राम र लक्ष्मण र जानकी स्वरुप बनाइएका बालबालिकालाई फूलबारीमा घुमाउने प्रचलन छ ।

त्रेता युगमा गुरु विश्वामित्र सहित धनुष यज्ञमा अयोध्यबाट मिथिलाको राजधानी जनकपुरधामा भाग लिन आएका राम र लक्ष्मण फुलबारीमा घुम्न जाँदा राम र सीताको नजर एक अर्कामाथि परेको किम्वदन्ती छ।

जहाँ राम र जानकी एक अर्काप्रति आकिर्षत भएको र जानकीले आफूलाई राम जस्तै बर पाउन कामना गरेको भन्ने मान्यता रहेको छ। फुलबारी लिला हेर्न सयौंको सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए। यो दृश्य निकै नै मनमोहक हुने गर्छ।

सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन हिजो राम र लक्ष्मणलाई जानकी मन्दिर परिससरमा नगर दर्शन गराइएको थियो। भोलि धनुष यज्ञको कार्यक्रम रहेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More