― Advertisement ―

होम डिपोको स्प्रिङ ब्ल्याक फ्राइडे बिक्री मैले सोचेभन्दा राम्रो छ — यहाँ उपकरणहरू, आँगन फर्निचर, उपकरणहरू, र थपमा उत्कृष्ट सम्झौताहरू छन्।

होम डिपोको वार्षिक वसन्त ब्ल्याक फ्राइडे बिक्री प्रत्यक्ष हुन्छ, र यो सही समयमा आउँछ। मौसम न्यानो हुन थालेपछि, मल्च र आँगनका फर्निचरदेखि प्लान्टर्स, बाहिरी...
Homeराष्ट्रिय समाचारधोबिघाट बैठकमा जुटेन सहमति, कांग्रेस केन्द्रीय समितिमा दुईथरी कार्यतालिका पेश हुने

धोबिघाट बैठकमा जुटेन सहमति, कांग्रेस केन्द्रीय समितिमा दुईथरी कार्यतालिका पेश हुने



१७ कात्तिक, काठमाडौं । चुनावअघि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने र चुनावअघि महाधिवेशन गर्न हुन्न भन्ने दुई थरी मत हुँदा कांग्रेस शीर्ष नेताहरूको बैठक आज पनि निष्कर्षविहीन टुंगिएको छ ।

ललितपुरको धोबिघाटमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्यहरू सहमति गर्नेगरी अनौपचारिक छलफलमा जुटेका थिए ।

यद्यपि आज पनि सहमति भने हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए ।

आजको बैठकमा सहमति जुट्न नसकेपछि भोलि बस्ने केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि दुई प्रकृतिको कार्यतालिका पेश हुने भएको छ ।

महामन्त्री गगन थापाले चुनाव अघि १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका पेश गर्ने तयारी गरेका छन् ।

महामन्त्रीको प्रस्तावको काउन्टर गर्नेगरी चुनावपछि महाधिवेशन हुने गरी संस्थापन पक्षले प्रस्ताव लाने तयारी पनि अघि बढाएको छ ।

शुक्रबार देखि रोकिँदै आएको केन्द्रीय समितीको बैठक भोलि स्थगित नगर्ने धोबिघाट बैठकमा नेताहरूले बताएका छन् ।

कांग्रेस प्रवक्ता समेत रहेका नेता प्रकाशशरण महतले केन्द्रीय समिति बैठक नरोकी छलफल गर्नुपर्ने बताएका छन् । उनले सबै केन्द्रीय सदस्यहरूले बोलिसक्दा सम्म केही न केही निष्कर्ष आउने तर्क सोमबार गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More