― Advertisement ―

HP’s RTX 5060 Omen 16 विद्यालयमा फर्किने समयमा $600 ले घट्छ

HP को समर्पित ग्राफिक कार्डहरू भएका ल्यापटपहरूको ओमेन दायरा र मेशिनका लागि राम्रो-रेन्ज गेमहरू सँधै प्रमाणित छन्। र अहिले, HyperX Omen 16 $000 बाट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

चलचित्र विकास बोर्डले तिहारको अवसरमा रिलिज भएका नेपाली चलचित्रहरूको कुल कमाइ (ग्रस कलेक्सन) सार्वजनिक गरेको छ। बोर्डले सोमबार गत शनिबार (कात्तिक १५ गते) सम्मको तथ्यांक सार्वजनिक गरेको हो।

यसअनुसार, ‘वरिष्ठ बलराम’ ले २ करोड ४८ लाख ३० हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। कात्तिक ६ गते रिलिज भएको यो चलचित्रको गत शनिबारसम्म ८२ हजारभन्दा बढी टिकट बिक्री भएका छन्।

त्यस्तै, ‘वरिष्ठ बलराम’ सँगै एकैदिन रिलिज भएको ‘सोल्टिनी’ ले २८ लाख ८० हजार रूपैयाँ ग्रस कमाएको छ। यो चलचित्रको ८ हजार ८ सयभन्दा बढी टिकट बिक्री भएको उल्लेख छ।

कात्तिक ७ गते रिलिज भएको ‘मैझारो’ एक करोड क्लबमा प्रवेश गरेको छ। यो चलचित्रले १ करोड ९५ हजार रूपैयाँ कमाएको उल्लेख छ। शनिबारसम्म चलचित्रको ३३ हजार ९ सयभन्दा बढी टिकट बिक्री भएका छन्।

विकास बोर्डले दसैंमा रिलिज नेपाली फिल्मको पछिल्लो आधिकारिक कमाइ पनि सार्वजनिक गरेको छ। त्यस्तै, असोज ३१ गते रिलिज ‘जेरी अन टप’ को कमाइबारे पछिल्लो विवरण पनि सार्वजनिक गरेको छ।

Box-office-kartik-15-1762161992.jpeg

 

 

Laxmi bank
Laxmi bank

 

 





Read More