― Advertisement ―

HomeLatest newsदोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग खेल्दै नेपाल – KhabarHost

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग खेल्दै नेपाल – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले भारतसँग ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा दोस्रो खेल खेल्दैछ।
  • नेपाल र भारतबीचको खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ।
  • नेपालले पछिल्ला चार खेलमा भारतसँग अपराजित रहेको छ र आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ।

१० कात्तिक, काठमाडौं । भारतमा भइरहेको ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले आफ्नो दोस्रो खेलमा आज भारतसँग दोस्रो खेल खेल्दैछ ।

खेल शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ६ बजे सुरु हुनेछ । नेपाल, भारत र इरान सहभागि रहेको प्रतियोगितामा इरानले भारत र नेपाललाई हराएर उपाधि भने जितिसकेको छ ।

त्यसैले आजको खेल प्रतिष्ठाको लडाईँका लागि महत्वपूर्ण हुनेछ । दुई छिमेकी प्रतिद्वन्दी नेपाल र भारत अन्तिम खेल जित्दै सुखद रुपमा यो प्रतियोगिता सकाउन चाहन्छन् ।

नेपाली टिमका मुख्य प्रशिक्षक नविन न्यौपाने र कप्तान सावित्रा भण्डारि साम्बाले भारत विरुद्ध जितकै लागि खेल्ने बताएका छन् ।

प्रशिक्षक न्यौपानेले लामो यात्राले गर्दा पहिलो खेलमा असर परेको र दोस्रो खेलका लागि तयार भएको बताएका छन् । ‘पहिलो खेलमा लामो यात्राले गर्दा असर देखियो । अहिले हामी अभ्यस्त भइसकेका छौँ,’ न्यौपानेले भनेका छन्, ‘भारत राम्रो प्रतिद्वन्दी हो र हामी हरेक सेकेण्ड फोकस गरेर खेल्छौँ । हाम्रो लक्ष्य भारत विरुद्ध जित निकालेर समर्थकसहित सबैलाई सकारात्मक सन्देश दिन चाहन्छौँ ।’

यस्तै कप्ता सावित्राले पहिलो खेलको गल्तीलाई सुधार गर्दै भारत विरुद्ध खेल्ने बताइन् । ‘अस्तीको म्याचको गल्तीहरुलाई कम गरेर भारत विरुद्ध खेल्नेछौँ । साउथ एसियन फुटबलको प्रतिष्ठाको लडाईँ हुनेछ ।’

पहिलो खेलमा इरान विरुद्ध दोस्रो हाफमा १० मिनेट मिसब्यालेन्स हुँदा गोल खान पुगेको सावित्राले बताइन् । उनले त्यसलाई सुधार गर्दै भारत विरुद्ध जितका लागि खेल्ने बताइन् । ‘भारत विरुद्ध जित्नकै लागि खेल्छौँ । भारत एसियन कपका लागि छनोट भएकोले उच्च मनोबल छ । घरेलु मैदान र दर्शकको साथ छ र टिम पनि राम्रो छ ।’

भारत विरुद्ध विगत

महिला फुटबलमा नेपालका लागि भारत चिरपरिचित प्रतिद्वन्दी हो र नेपालले अहिलेसम्म सबैभन्दा धेरै १८ खेल भारत विरुद्ध नै खेलेको छ । त्यसका साफ च्याम्पियनसिप देखि अन्य प्रतियोगिता र मैत्रीपूर्ण खेलहरु समेत छन् ।

हेड टु हेडमा हेर्दा भारत धेरै अघि रहेपनि पछिल्ला खेलहरुमा भने भारत विरुद्ध नेपालको प्रदर्शन राम्रो छ । पछिल्लो चार खेलमा नेपाल भारत विरुद्ध अपराजित छ । सन् २०१९ मा पोखरामा भएको १३औं साउथ एसियन गेम्सको फाइनलमा भारतसँग १-० ले पराजित भएयता नेपाल चार खेलमा अपराजित छ ।

त्यसमा भारतमै भएको दुई मैत्रीपूर्ण खेल अनी नेपालमा भएको साफ महिला च्याम्पियनसिप थियो । सन् २०२३ फेब्रुअरीमा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग बराबरी खेलेको थियो । पहिलो खेल २-२ को बराबरीमा सकिँदा दोस्रो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

त्यसअघि सन् २०२२ मा काठमाडौंमा भएको साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले भारतलाई १-० ले पराजित गरेको थियो । यस्तै सन् २०२४ मा काठमाडौंमै भएको साफ वुमन्स च्याम्पियनसिपमा पनि नेपालले भारतलाई सेमिफाइनलमा पराजित गरेको थियो । निकै तनावपूर्ण र विवादित बनेको उक्त खेलमा निर्धारित सयममा १-१ गोल भएपछि पेनाल्टी सुटआउटमा नेपालले भारतलाई ४-२ ले पराजित गरेको थियो ।

यस बाहेक सन् २०१९ फेब्रुअरीमा भारतमै भएको हिरो गोल्डकपमा पनि नेपालले भारतलाई पराजित गरेको थियो ।

नेपाल र भारतबीच अहिलेसम्म समग्रमा १९ खेल भएको छ । जसमा भारतले ११ खेल जितेको छ भने नेपालले पेनाल्टीसुटआउटसहित ३ खेल जितेको छ । ४ खेल बराबरीमा सकिएको थियो ।

फाइनल तस्बिर

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More