― Advertisement ―

‘उत्पादन र रचनात्मकता अलग साइलोमा बस्नु हुँदैन’: किन क्यानभाको एआई पुश यसको लोकतान्त्रिक डिजाइनको मूल सिद्धान्तहरू भन्दा फरक छैन

दशकौंदेखि, काम र रचनात्मकतालाई अलग-अलग मापन गरिएको छ। उत्पादकता उपकरणहरू जस्तै स्प्रेडसिट र कागजातहरू दक्षताका लागि बनाइएका थिए, जबकि रचनात्मकता अन्य ठाउँमा विशेषज्ञ...
HomeLatest newsबिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित

बिहार चुनावअघि जेडीयूका १६ नेताहरू पार्टीबाट निस्कासित



१० कात्तिक, काठमाडौं । भारतको बिहार राज्यमा हुन गइरहेको विधान सभा निर्वाचन नजिकिँदै गर्दा जनता दल युनिइटेड (जेडीयू) ले १६ जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ ।

पार्टीमा विद्रोह गरेको भन्दै जेडीयूले एक बहालवाला विधायक र दुई पूर्वमन्त्रीसहित १६ नेतालाई निष्कासन गरेको हो ।

निष्कासित गरिएका मध्ये अधिकांश नेताहरू पार्टीको आवद्धता रहेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) का आधिकारिक उम्मेदवारविरूद्ध चुनावी मैदानमा उत्रिएका छन् ।

पार्टीबाट निष्कासित नेताहरू माथि जेडीयूले ‘पार्टी विरोधी गतिविधि’ मा सहभागी भएको र ‘पार्टीको विचारधारा उल्लंघन’ को आरोप लगाएको बीबीसीले जनाएको छ ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ ।

६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ ।

भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More