― Advertisement ―

‘हामी मोबाइल संचार प्रजातान्त्रिक गर्दैछौं’: Lidl नयाँ MVNO सँग बजेट मोबाइल फोन योजनाहरू सुरू गर्दैछ

Lidl1 with deals sign for new MVNOकम लागत, छोटो अवधिको मोबाइल योजनाहरू प्रस्ताव गर्न खोज्छLidl ले विश्वभर 100 मिलियन भन्दा बढी ग्राहकहरूलाई समेटेको छLidl...
HomeLatest newsदिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी

दिल्ली पुगे पुटिन, स्वागतका लागि विमानस्थमै पुगे मोदी


राष्ट्रिय

समाचार.

  • राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विमानस्थलमा स्वागत गर्नुभएको छ।
  • पुटिनले शुक्रबार भारतमा २३औं भारत–रूस शिखर सम्मेलनमा सहभागी भएर हैदराबाद हाउसमा भारत–रूस बिजनेस फोरमलाई सम्बोधन गर्ने कार्यक्रम छ।
  • भारत–रूसबीच २५ वर्ष पुरानो रणनीतिक सम्बन्धको अवसरमा पुटिनको भ्रमणमा ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ।

१८ मंसिर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् ।

पुटिन सवार विमान बिहीबार साँझ ६:३० बजे (भारतीय समयअनुसार) दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको हो । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैं विमानस्थल पुगेका थिए ।

विमानस्थलमा मोदीले पुटिनलाई अंकमाल गरेर स्वागत गरेका थिए । स्वागतपछि पुटिन र मोदी एउटै गाडीमा सवार भएर विमानस्थलबाट बाहिरिएका थिए ।

पुटिनको स्वागतमा मोदीले आज साँझ ८ बजे रात्रीभोजको आयोजना गरेका छन् ।

भोलि शुक्रबार बिहान ९ बजे राष्ट्रपति भवनमा पुटिनलाई गार्ड अफ अनर प्रदान गरिने तालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै शुक्रबार बिहान १० बजे पुटिनले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्नेछन् ।

शुक्रबार बिहान ११ बजे उनी हैदराबाद हाउसमा हुने २३औं भारत–रूस शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

शुक्रबार ४ बजे पुटिनले हैदराबाद हाउसमै आयोजना हुने भारत–रूस बिजनेस फोरमलाई सम्बोधन गर्नेछन् ।

शुक्रबार साँझ  ५ बजे पुटिनले भारतीय व्यापारिक अगुवासँग भेट गर्ने कार्यक्रम छ । यस्तै भोलि साँझ ७ बजे भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले पुटिनको सम्मानमा भोज आयोजना गर्ने छिन् ।

पुटिन बिहीबारदेखि करिब ३० घण्टा भारतमा रहनेछन् । भारत–रूसबीच रणनीतिक सम्बन्ध स्थापित भएको २५ वर्ष पूरा भएको सन्दर्भ पारेर पुटिन दिल्ली पुगेका छन् ।

भ्रमण टोलीमा पुटिनसँगै उच्चस्तरीय मन्त्रीस्तरीय टोली पनि भारत आएका छन् । उनको टोलीमा रक्षामन्त्री आन्द्रेइ बेलोउसफ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, कृषि मन्त्री ओक्साना लुट, आर्थिक विकास मन्त्री म्याक्सिम रेस्निकोभ, स्वास्थ्य मन्त्री मिखाइल मुर्शाको, गृह मन्त्री भ्लादिमिर कोल्कोल्त्सेभ र यातायात मन्त्री रोमन निकितिन रहेका छन् ।

कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा रूसलाई सघाएको भन्दै अमेरिकाले भारतविरुद्ध कडा प्रतिबन्ध लगाइरहेका बेला पुटिनको दिल्ली यात्रालाई महत्वका साथ हेरिएको छ ।

सन् २०२२ मा युक्रेनविरुद्धको युद्ध सुरु भएपछि पुटिन पहिलो पटक भारत भ्रमणमा आएका हुन् ।

सन् २०२३ मा भारतमै भएको जी२० शिखर सम्मेलनमा पुटिन अनुपस्थित भएका थिए ।

भारत र रूसबीच पुरानो र खास सम्बन्ध छ । द्विपक्षीय सम्बन्धकै कारण दुई देशबीच वार्षिक शिखर सम्मेलन समेत हुँदै आएको छ ।

सम्मेलनकै माध्यमले दुई देशका शीर्ष नेता पालैपालोमा एकअर्काको देशमा भेट्ने गर्दछन् । यसरी अहिलेसम्म भारत–रूसबीच २२ शिखर सम्मेलन भइसकेको छ ।

भारत र रूसबीच रक्षा, ऊर्जा, र अन्य व्यापारिक क्षेत्रमा साझेदारी हुँदै आएको छ । सन् २००० अक्टोबरमा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पुटिनले दुई देशको रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । पुटिनको भ्रमणका दौरान भोलि शुक्रबार भारत र रूसबीच ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ ।

मोदी र पुटिनबीच यसअघि गत सेप्टेम्बर १ मा चीनको तिआनजिनमा भएको शांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका बेला भेट भएको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More