― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsदिनहुँ बढ्दै तरकारी भाउ, घट्दैन किन ? – KhabarHost

दिनहुँ बढ्दै तरकारी भाउ, घट्दैन किन ? – KhabarHost


राष्ट्रिय

समाचार.

  • काठमाडौं उपत्यकामा तरकारीको भाउ दसैंअघि बढ्न थालेको छ र गोलभेँडाको थोक मूल्य किलोकै १४५ रुपैयाँ पुगेको छ।
  • कालीमाटी बजारमा दैनिक आपूर्ति कम भएर र विवाह सिजनका कारण तरकारीको माग बढेर मूल्य वृद्धि भएको छ।
  • भारी वर्षाका कारण उत्पादनमा क्षति पुगेको र भारतबाट अफ–सिजन तरकारी आयात भइरहेको छ, मूल्य सामान्यीकरणमा केही समय लाग्ने छ।

९ मंसिर, काठमाडौं । काठमाडौं उपत्यकामा तरकारीको भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सिजनकै तरकारीको भाउ दिनहुँ बढेको देखाउँछ ।

तरकारीको भाउ बढ्न थालेको गएको दसैंभन्दा अघिदेखि नै हो । त्यसबेलादेखि नै उपभोक्ता तरकारीमा महँगो भाउ चुकाउन बाध्य छन् ।

कालीमाटी थोक (होलसेल) बजारमै तरकारीको भाउ उच्च हुँदा खुद्रातिर भने नियन्त्रण बाहिर छ । अहिलेसम्म बजारमा सबैभन्दा महँगो गोलभेँडा भएको छ । कालीमाटी बजारमा मंगलबार गोलभेँडाको थोक मूल्य किलोकै १ सय ४५ रुपैयाँ पुगेको छ । थोकमै महँगो भएको गोलभेँडा खुद्रामा २ सयदेखि २ सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

तथ्यांक केलाउने हो भने १ कात्तिकदेखि ९ मंसिरसम्म आइपुग्दा गोलभेँडाको थोक मूल्य ९४ देखि २ सय ५५ प्रतिशतले बढेको छ । १ कात्तिकमा गोलभेँडाको थोक भाउ प्रतिकिलो २९ देखि ६२ रुपैयाँ थियो ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ कमजोर आपूर्ति र प्रबल माग नै मूल्यवृद्धिको प्रमुख कारण भएको बताउँछन् ।

‘गोलभेँडा आपूर्तिमा देखिएको कमीले गोलभेँडाको मूल्य अझै बढेको बढ्यै छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘विगतमा दैनिक ६० देखि ७० टन गोलभेँडा बजार आउने गरेकोमा अहिले मुस्किलले ३० देखि ४० टनमात्र आइरहेको छ ।’

कति छ तकारीको भाउ ?

कालीमाटी बजारमा मंगलबार तने बोडीको भाउ प्रतिकिलो १ सय ८० रुपैयाँ पुगेको छ । मटरकोशा १ सय ४०, घिउसिमी १ सय ६० र राजमा १ सय २० रुपैयाँ कायम छ ।

एक किलो गाजर र तिते करेला किन्न १ सय ५० रुपैयाँ खर्चिनुपर्छ । कालीमाटी बजारमै काउली किलोको ७० रुपैयाँ पर्छ भने परवर १ सय ३० रुपैयाँ छ । यस्तै हरियो फर्सीको भाउ ८० पुगेको छ । घिरौंला किलोको १ सय ३० र भिन्डी १ सय ३० रुपैयाँ छ ।

सिजनमै सौंफको साग थोकमा प्रतिकिलो १ सय ८० रुपैयाँ हुँदा खुद्रामा भने २ सय ५० सम्म तिर्नुपर्ने बाध्यता छ ।

 

कालीमाटीमा पालुंगो साग २ सय र चम्सुरको साग किलोको १ सय ५० रुपैयाँमा बिक्री भइरहेको छ । रायोको साग प्रतिकिलो ८० रुपैयाँ छ ।

भेँडे खुर्सानी किलोको १ सय ८० पर्छ भने हरियो लसुुनको भाउ किलोको १ सय ५० रुपैयाँ छ । हरियो धनियाँ किलोको ३ सय पुग्दा हरियो खुर्सानी १ सय ४० देखि १ सय ६० रुपैयाँ किलोमा बिक्री भइरहेको छ ।

त्यस्तै च्याउ किलोको २ सय ६० रुपैयाँमा बिक्री भइरहेको छ । ब्रोकाउली किलोको १ सय ६०, चुकन्दर ९०, जिरीको साग ६ सय र पार्सले ७ सय ५० रुपैयाँ पुगेको छ ।

कालीमाटी बजारमा काठमाडौंकै सबैभन्दा सस्तो तरकारी पाइन्छ । यहाँबाट नै खुद्रा विक्रेताले लगेर बिक्री गर्ने भएकाले अन्य क्षेत्रमा तरकारीको मूल्य योभन्दा बढी तिर्नुपर्ने हुन्छ ।

किन बढिरहेछ तरकारी भाउ ?

सूचना अधिकारी श्रेष्ठ अहिले दैनिक उपभोग्य तरकारी आपूर्ति व्यवस्था निकै कमजोर बनेको बताउँछन् । ‘एकातर्फ आपूर्तिमा कमी आएको छ भने अर्कातर्फ माग ह्वात्तै बढेको छ,’ उनी थप्छन् ।

उनका अनुसार विशेषगरी अहिले विवाहको सिजन सुरु भएकाले गोलभेँडा लगायत हरियो तरकारीको मागमा असामान्य वृद्धि भएको छ, जसले गर्दा बजारमा मूल्यमाथि थप चाप परेको छ ।

आलुको मूल्य भने घट्ने क्रममा रहेको र काउलीको मूल्य पनि अघिल्ला साताको तुलनामा केही घटेको उनी बताउँछन् ।

‘मूल्यवृद्धिको अर्को महत्त्वपूर्ण कारण गत असोज महिनाको अन्त्यसम्म लम्बिएको भारी वर्षा हो,’ सूचना अधिकारी श्रेष्ठ भन्छन्, ‘वर्षाका कारण किसानले लगाएका बालीनालीमा ठूलो क्षति पुग्यो, वर्षा अत्यधिक भएकाले धेरै स्थानमा बाली डुबानमा पर्‍यो भने कतिपय ठाउँमा बगाएर लग्यो, किसानहरूले क्षति भएका बाली हटाएर फेरि दोहोर्‍याएर नयाँ बाली लगाउनुपरेको अवस्था आएको छ ।’

यसले गर्दा उत्पादन चक्रमा ढिलाइ हुनुका साथै उत्पादन लागत पनि बढेको छ, जसको प्रत्यक्ष असर अहिले बजार भाउमा देखिएको उनी बताउँछन् ।

कालीमाटी तरकारी बजार

आन्तरिक उत्पादनमा कमी आएका कारण भिन्डी, करेला, घिरौंला र लौकाजस्ता ‘अफ–सिजन’ तरकारीहरू भारतबाट आयात भइरहेका छन् ।

श्रेष्ठका अनुसार यी तरकारीको आन्तरिक उत्पादन पर्याप्त नभएकाले भारतबाटै ल्याउनुपर्ने अवस्था छ । आलु र प्याज पनि मुख्यतया भारतबाट आउने भए पनि ती तरकारीको आपूर्तिमा भने त्यति ठूलो समस्या नदेखिएको उनले बताए ।

यद्यपि, हरियो सागपात, काउली र बन्दाजस्ता तरकारी आपूर्ति पनि सामान्य अवस्थामा पुग्न सकेको छैन । श्रेष्ठका अनुसार जुन परिमाणमा बजारमा आउनुपर्ने हो, त्यो परिमाणमा आउन नसकेको कारण हरियो सागपातको मूल्य पनि असाध्यै महँगिन पुगेको हो ।

श्रेष्ठले बजारको हालको अवस्था मध्यनजर गर्दै मूल्य सामान्यीकरणका लागि केही समय लाग्ने बताए । उनका अनुसार विवाहको सिजन सकिएपछि र तराई क्षेत्रबाट गोलभेँडाको नयाँ उत्पादन बजारमा आउन थालेपछि यो महिनाको अन्त्यसम्ममा तरकारीको भाउ सामान्य अवस्थामा फर्किने अनुमान गरिएको छ ।

कालीमाटी बजारमा आज हरियो तरकारी मात्रै १ लाख ८१ हजार ६ सय ५८ किलो तरकारी भित्रिएको छ । १ मंसिरदेखि ९ मंसिरसम्म ४४ लाख ५७ हजार ९ सय ७२ किलो तरकारी आयात भएको तथ्यांकमा उल्लेख छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More