― Advertisement ―

Kingdom Hearts Integrum Masterpiece Collection मा Disney X Square Enix RPG जादू को कम्तिमा 200 घण्टा छ — र यो अब $ 30 /...

म प्राय: खेलको समयको प्रति घण्टा डलर वा पाउन्डको सन्दर्भमा खेलहरूको बारेमा कुरा गर्न मन पराउँदैन, तर जब त्यहाँ पैसाको लागि यस्तो उत्कृष्ट मूल्य...
HomeLatest newsफेसबुकबाट गगन–विश्वको प्रतिवाद गर्दै संस्थापन नेता

फेसबुकबाट गगन–विश्वको प्रतिवाद गर्दै संस्थापन नेता


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्।
  • संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशन नहुने र वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने बताएका छन्।
  • महामन्त्री शर्माले भने, ‘विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन, त्यसैले विशेषको ब्याक गियर हुन्न’ भनेका छन्।

९ मंसिर, काठमाडौं । महाधिवेशनको विषयमा अनिर्णित नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका पछिल्ला अभिव्यक्तिहरूको प्रतिवादमा उत्रिन थालेका छन् ।

पुस मसान्तभित्र नियमित नभए विशेष महाधिवेशनको विकल्प नभएको बताइरहेका महामन्त्रीद्वय थापा र शर्माविरूद्ध संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू फेसबुकमार्फत् प्रतिवादमा उत्रिन थालेका हुन् ।

निर्वाचन आयोगमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरलाई आधिकारिकता दिएर निर्वाचन प्रयोजनका लागि दल दर्ता भएपछि कांग्रेसमा थप विवाद चुलिएको छ ।

आयोगमा दल दर्ता भएपछि महामन्त्री थापाले सोमबार आगामी निर्वाचनका लागि उम्मेदवारको टिकटमा विशेष महाधिवेशनबाट चुनिने सभापतिले हस्ताक्षर गर्ने बताएका थिए ।

महामन्त्री थापाले सामाजिक सञ्जालमार्फत् विशेष महाधिवेशनको विकल्प नभएको जिकिर गरेको भोलिपल्ट संस्थापन पक्षीय केन्द्रीय सदस्य कल्याणकुमार गुरूङले मंगलबार कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने जवाफ फर्काए ।

उनले महामन्त्री थापाकै शैलीमा फेसबुकबाटै जवाफ फर्काए, ‘साथीहरूले फोन गरेर सोध्नु हुन्छ– के विशेष महाधिवेशन मंसिरमा हुन्छ ?, मैले भनें– बाहिर हल्ला चलेको जस्तो केही पनि छैन ।’

महामन्त्री थापाले सोमबार बिहानैबाट पार्टीका नेता–कार्यकर्ताहरूले आफूलाई सभापति देउवाकै हस्ताक्षरमा चुनावमा जाने विषयमा प्रश्न गरिरहेका बताएका थिए ।

उनले एक्समा लेखेका थिए, ‘बिहानदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ– पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भनें–होइन । साथीहरूले फेरि सोध्नुभयो कसरी ? मैले भनें– प्रष्ट छ ।’

महामन्त्री थापाले भने विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने र निर्वाचित सभापतिको हस्ताक्षरमा पार्टी आगामी निर्वाचन लड्ने बताएका थिए ।

‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ,’ उनले भनेका थिए्, ‘नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।’

तर, नेता गुरूङले थापालाई जवाफ फर्काउँदै कुनै पनि हालतमा विशेष महाधिवेशन नहुने दावी फेसबुकमार्फत् गरे । ‘पार्टीलाई अझ बढी एकताबद्ध बनाउनु र पार्टी एकता कायम राख्नु पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन,’ उनले लेखेका छन्, ‘कुरो सुस्पष्ट छ । आफैं विचार गर्नु होला । भ्रममा नपर्नु होला ।’

अर्का महामन्त्री शर्माले पुस मसान्तभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि ‘ब्याक गियर’ नभएको अभिव्यक्ति दिएपछि संस्थापन पक्षीय केन्द्रीय सदस्य कुन्दनराज काफ्ले प्रतिवादमा उत्रिएका छन् । उनले महामन्त्री शर्मालाई व्यंग गर्दै फेसबुकमा लेखेका छन्, ‘ब्याक गियर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चत छ ।’

यसअघि जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको गाईघाटस्थित उदयपुर कांग्रेसको कार्यालय अवलोकनपछि महामन्त्री शर्माले पुस मसान्तभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका लागि ‘ब्याक गियर’ नभएको बताएका थिए ।

‘कांग्रेसको विधान भन्छ– विशेष महाधिवेशन दर्ताको दफा छ, फिर्ताको दफा छैन, त्यसैले विशेषको ‘ब्याक गियर’ हुन्न । ९० दिनभित्र विशेष महाधिवेशन गर्नैपर्छ,’ शर्माले भनेका थिए, ‘सोही मितिभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेमा विशेष महाधिवेशनको माग सम्बोधन हुन्छ ।’

महामन्त्रीद्वय थापा र शर्माका पछिल्ला अभिव्यक्तिको संस्थापन पक्षका अर्का नेता जीतजंग बस्नेतले पनि प्रतिवाद गरेका छन् ।

बस्नेतले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको विशेष महाधिवेशन एक हुँदैन, दुई हुँदैन र तीन हुँदैन । ढुक्क हुनुहोस्, वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टी निर्धक्क निर्वाचनमा जान्छ । ब्याक गेयर नभएको गाडी चढ्दा दुर्घटना सुनिश्चित छ ।’

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More