― Advertisement ―

NBN मूल्यहरू 2 हप्ता भन्दा कममा बढ्न सेट गरिएको छ – यो धेरै ढिलो हुनु अघि अब एक कम लागत योजना लक गर्नुहोस्

यदि तपाईंले आफ्नो NBN योजनालाई अझ किफायती वा सायद अहिलेको भन्दा छिटो किनमेल गर्ने योजनामा परिवर्तन गर्ने विचार गरिरहनुभएको छ। थप पढ्नुहोस्
HomeLatest news‘द ब्रिटिस कलेज अलुम्नाई मिट २०२६’ सम्पन्न – KhabarHost

‘द ब्रिटिस कलेज अलुम्नाई मिट २०२६’ सम्पन्न – KhabarHost



१५ माघ, काठमाडौं । द ब्रिटिस कलेज (टीकेजी) ले आफ्ना पूर्वविद्यार्थीलाई एकै थलोमा भेला गराउने र उनीहरूबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यसाथ  ‘अलुम्नाई मिट तथा नेटवर्किङ सेसन २०२६’ कार्यक्रम गरेको छ ।

कार्यक्रमको औपचारिक सुरुवात टीकेजीका कन्ट्री डाइरेक्टर अरुणकुमार कँडेलको सशक्त र एकीकृत नेपाली अलुम्नाई समुदाय निर्माणको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले सञ्चालन गरेको ‘टुगेदर वि आर स्ट्रङ्गर’ शीर्षकको विशेष सत्र र ऊर्जाशील सांस्कृतिक नृत्य प्रस्तुतिले सहभागीमा उत्साह थपेको थियो ।

त्यस्तै पूर्व विद्यार्थीहरू आशिष आचार्य र योङ जिन होङले प्रेरणादायी की–नोट मन्तव्य दिँदै आफ्ना व्यावसायिक यात्रा र सफलताका अनुभव साझा गरे ।

औपचारिक सत्रलाई सम्बोधन गर्दै कलेजका आईटी सल्लाहकार जोन पार्क (पूर्व प्रडक्ट हेड–गुगल) ले पेसागत नेटवर्कको महत्त्व दर्शाए ।

कार्यक्रम समापन गर्दै द ब्रिटिस कलेजका सीईओ राजन कँडेलले कलेजले हालसम्म ३ हजारभन्दा बढी विश्वस्तरीय जनशक्ति उत्पादन गरिसकेको जानकारी दिँदै संस्थाको भविष्य निर्माणमा पूर्वविद्यार्थीहरूको भूमिका निर्णायक हुने बताए ।

उनले नयाँ अलुम्नाई एसोसिएसन गठनका लागि दर्ता भई सक्रिय सहभागी हुन सबैलाई आग्रह गर्दै यसले मेन्टरसिप र व्यावसायिक अवसर सिर्जनामा ठूलो सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सम्झना समेटिएका विभिन्न भिडियो प्रदर्शन, सांस्कृतिक नृत्य प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएको थियो ।





Read More