― Advertisement ―

जर्ज मेलियसले 130 वर्ष पहिले एआई रोबोट विद्रोहको बारेमा हामीलाई चेतावनी दिन खोजे, र म छक्क परेको छैन।

एक शोम्यानले रोबोटलाई शक्ति दिन्छ, जुन त्यसपछि नियन्त्रण बाहिर बढ्छ र उसलाई आक्रमण गर्दछ। यो एक परिचित विषयवस्तु हो, सायद २० औं र २१...
HomeLatest newsथपिए २ लाख ५७ हजार ५०५ नयाँ मतदाता – KhabarHost

थपिए २ लाख ५७ हजार ५०५ नयाँ मतदाता – KhabarHost



२८ कात्तिक, काठमाडौं । बिहीबारसम्म २ लाख ५७ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगका अनुसार ९ असोजदेखि २७ कात्तिकसम्मको अवधिमा २ लाख ५७ हजार ५०५ जना नयाँ मतदाता थपिएका हुन् ।

जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले मतदाता नामावली ऐन, २०७३ सोशोधन गरी ९ असोजदेखि मतदाता नामावली दर्ता आह्वान गरेको थियो ।

२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा मतदान गर्न योग्य धरै जेनजीहरू बञ्चित हुने भएपछि सरकारले अध्यादेशमार्फत मतदाता नामावली संकलनको बाटो खुला गरेको थियो ।

मतदाता नामावली ऐन अनुसार निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने कानुनी व्यवस्था छ  ।

सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताका लागि समय तोकेको थियो । तर, नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै आजै मात्र सरकारले मतदाता नामावली दर्ता संकलन मिति ५ दिन थप गरेर ५ मंसिरसम्म लम्ब्याएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

 

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More