― Advertisement ―

किन अमेरिकी वायुसेनाले AI लाई आफ्नो पुरानो परमाणु मिसाइलहरू व्यवस्थापन गर्न मद्दत गर्न चाहन्छ

अमेरिकामा दर्जनौं न्यूक्लियर मिसाइल डाटामा निर्भर हुन्छ। प्रणालीहरूMinuteman III यसको मूल सेवानिवृत्ति तालिका भन्दा बाहिर दशकहरूमा सञ्चालन हुन सक्छUS वायुसेनाले खण्डित मिसाइल डेटा व्यवस्थित...
HomeLatest newsस्वदेश फिर्ता भए देउवा दम्पत्ति – KhabarHost

स्वदेश फिर्ता भए देउवा दम्पत्ति – KhabarHost



२८ कात्तिक, काठमाडौं । उपचारका लागि सिंगापुर गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति स्वदेश फर्किउका छन् ।

सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा सिंगापुर एयरलाइन्सको विमानमार्फत् शुक्रबार बेलुका स्वदेश फर्किएका हुन् ।

उनी १० कात्तिकमा पत्नी डा. आरजुका साथ उपचारका लागि सिंगापुर गएका थिए । १८ दिने उपचार सकेर देउवा दम्पत्ति शुक्रबार स्वदेश फिर्ता भएको देउवाको सचिवालयले जनाएको छ ।

जेनजी आन्दोलनका क्रममा भएको सांघातिक आक्रमणमा देउवा दम्पती घाइते भएका थिए ।

२४ भदौमा आक्रमणमा परेका देउवा दम्पती २८ असोजमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक भएका थिए ।

सोही बैठकलाई सम्बोधन गरेर सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More