― Advertisement ―

यस पूर्व-निर्मित गेमिङ पीसीमा RTX ५०६० र Best Buy मा ३२GB DDR5 RAM सँग $200 छुट प्राप्त गर्नुहोस्

हालसालै राम्रो मूल्यमा PC पार्ट्सहरू फेला पार्न गाह्रो भइरहेको छ, विशेष गरी चलिरहेको RAM संकटको साथ। धन्यबाद, तपाईंले अहिले नै सबै समस्याहरू बाइपास...
HomeLatest newsत्रिविको दीक्षान्त समारोह अब उपत्यका बाहिर पनि, पहिलो चरण पोखरामा

त्रिविको दीक्षान्त समारोह अब उपत्यका बाहिर पनि, पहिलो चरण पोखरामा


राष्ट्रिय

समाचार.

  • त्रिभुवन विश्वविद्यालयले २०८१ असार १ देखि २०८२ जेठ ३१ सम्म उत्तीर्ण ८९ हजार १९९ विद्यार्थीमध्ये १६ हजार ३८० ले मात्र दीक्षान्त समारोहमा आवेदन दिएका छन्।
  • दीक्षान्त समारोहमा सहभागी हुन विद्यार्थी र अभिभावकको खर्च धेरै लाग्ने भएकाले त्रिविले उपत्यका बाहिर पनि समारोह आयोजना गर्ने निर्णय गरेको छ।
  • त्रिविले पहिलो चरणमा पोखरामा दीक्षान्त समारोह गर्ने तयारी गरिरहेको छ र विश्वविद्यालय अनुदान आयोगले करिब ५ करोड बजेट छुट्याएको छ।

११ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा २०८१ असार १ गतेदेखि २०८२ जेठ ३१ गतेसम्म उत्तीर्ण भएका ८९ हजार १९९ विद्यार्थी बिहीबार दीक्षित भए । तर दीक्षान्त समारोहमा सहभागी हुन १६ हजार ३८० जना विद्यार्थीले आवेदन दिए ।

यो संख्या  एक शैक्षिक सत्रको स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि (पीएचडी) तहको हो ।

कुल दीक्षित भएका विद्यार्थीको १८ प्रतिशत मात्रले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिएका हुन् । ८२ प्रतिशत विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन नै दिएनन् । दीक्षान्त समारोहमा न्यून संख्यामा विद्याथी सहभागी भएपछि त्रिविले उपत्यका बाहिर पनि दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ ।

अर्को वर्षदेखि नै कास्कीको पोखराबाट सुरु गर्ने तयारी त्रिविको छ । कामको सिलसिलमा र दीक्षान्त समारोहमा आउन धेरै खर्च लाग्ने भएकाले उपत्यका बाहिर पनि समारोहको आयोजना गर्ने निष्कर्षमा त्रिवि पुगेको हो । ‘यसपटक ८९ हजार दीक्षत भए । तर समारोहमा आउन १६ अजारले फारम भरे ।

अभिभावकसहित आउदा त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भरियो । तर ठूलो संख्यामा विद्यार्थी समारोहमा सहभागी हुन पाएनन्,’ त्रिविका उपकुलपति प्राडा दीपक अर्यालले भने । पूर्व पश्चिमदेखि कर्णालीसम्मका विद्यार्थी अभिभावकसहति काठमाडौं आउन खर्च पनि धेरै लाग्छ । विकट गाउँबाट लाखौ खचेर दीक्षान्त समारोहमा आउनु पर्ने बाध्यता विद्यार्थी र अभिभावकको छ ।

कतिपय विद्यार्थी खर्च धेरै लाग्ने भएकाले काठमाडौंमा हुने समारहोमा नआएको पाइएको छ । ‘त्रिविले अब ५–६ वटा दीक्षान्त समारोहको आयोजना गर्ने तयारी गरेका छौँ । जस्तैः डडेल्धुराको विद्यार्थी अभिभावकसहित काठमाडौं आउन ठूलो खर्च लाग्छ । कञ्चनपुरतिर नै दीक्षान्त समारोह भयो भने धेरै खर्च लाग्दैन ,’ अर्यालले भने ।

उपकुलपति अर्यालका अनुसार पहिलो चरणमा पोखरबाट गर्ने तयारी छ । अध्ययनका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराध अधिकारी, उपकुलपति अर्याल, शिक्षाध्यक्ष खड्ग केसी, रजिस्ट्रार केदार प्रसाद रिजाल सहितको टोली पोखरा जाँदै छ ।

‘अर्को हप्ता हामी अध्ययनको लागि जादै छौँ । सबै तयारी गरेर आउँछौ,’ अर्यालले भने । विश्वविद्यालय अनुदान आयोग फार्मत ‘पोखरा च्याप्टर’ भनेर करिब ५ करोड बजेट पनि छुट्टाइएको छ । रेक्टर तहको अधिकारी पोखरमै राखेर परीक्षा सञ्चालन गर्ने र दीक्षान्त समारोह पनि त्यतै गर्न लागिएको हो ।

यसरी विस्तारै पूर्वको लागि विराटनगरमा पनि दीक्षान्त समारोहको आयोजना गर्ने योजना त्रिविको छ । ‘दीक्षान्त समारोह भनेको एउटा उत्सव हो । सबै सहभागी हुन पाउँनुपर्छ । विद्यार्थीको सहजताको लागि उपत्यका बाहिर पनि समारोहको आयोजना गर्न लागेको हो,’ उपकुलपति अर्यालले भने ।

काठमाडौंमा मात्र समारोहको आयोजना गर्दा धेरै भीड हुने गरेको छ । समारोह नै अस्तव्यस्त हुने भएकाले यसलाई व्यवस्थापन गर्न त्रिवि लागिपरेको हो । काठमडौं बाहिर गर्दा दीक्षान्त समारोहमा विद्यार्थीको सहभागिता पनि पढ्ने र व्यवस्थापन पनि सहज हुने अपेक्षा त्रिविको छ ।





Read More