― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsउपाध्यक्ष बस्नेत – KhabarHost

उपाध्यक्ष बस्नेत – KhabarHost



११ पुस, काठमाडौं । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी आन्दोलनको भावना समेट्न ७५३ वटै पालिकाका स्थानीय युवा परिषद् गठन गर्नुपर्ने बताएका छन् । बस्नेतले जहाँजहाँ कार्यकारी सरकार छन्, त्यहाँ त्यहाँ युवाका संरचना बनाउनु पर्नेमा जोड दिएका छन् ।

युवा गैरसरकारी संस्था महासंघ, नेपालद्वारा आयोजित कार्यक्रममा बस्नेतले युवा आन्दोलनको जगमा वनेको सरकारले युवाका लागि दिर्घकालिन महत्वको काम गर्नुपर्ने बताए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दिपेश घिमिरेले ‘ जेन जी आन्दोलन: सामाजिक न्याय र समावेशीकरणको सवाल’  विषयक कार्यपत्र पेश गरेका थिए । घिमिरेले युवालक्षित दीर्घकालिन संरचनात्मक सुधारमा जोड दिएका थिए ।

कार्यक्रममा युवा गैरसरकारी संस्था महासंघ, नेपालका अध्यक्ष नारायण गिरीले युवा जागै वसेमात्र युवाका माग र मुद्धा पुरा हुने बताए ।

गिरीले जेनजी आन्दोलनले सामाजिक न्याय र समावेसीकरणको सवाल छाड्न नहुनेमा जोड दिएका थिए ।

विश्व वन्यजन्तु कोषका देशीय निर्देशक डा.घन गुरुङ्ले युवाको तागतलाई सवैले वुझ्नुपर्ने बताए । दलित महिला केन्द्रकी महासचिव गौरा नेपालीले समाजका सवै क्षेत्र, वर्ग, समुदायलाई संगसंगै अघि लानुपर्ने बताइन् ।

अन्तर्क्रियामा राससका महाप्रबन्धक सन्दिप पुन, दलित जेनजी एलाइन्सका जीवन तिरुवा, जेनजी अगसवा डिचेन लामा, जेनजी सडकका यादव सिह, जेनजी फ्रन्टका प्रदिप ज्ञावाली,  जेनजी घाइते सुरेन्द्रजंग थापा, जेनजी काउन्सिलकी अप्सरा वानु, जेनजी अगुवा राजेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More