― Advertisement ―

यो चाडको सिजनमा आफ्नो बच्चाको कानलाई लिएर चिन्तित हुनुहुन्छ? यी पुरस्कार-विजेता क्यानहरू TÜV हियरिङ केयर प्रोटेक्शन सर्टिफिकेसन प्राप्त गर्ने पहिलो आवाज रद्द गर्ने बच्चाहरूको...

कम्पनी सक्रिय छ, ट्रिबिट-कम्पनी सक्रिय छ, ट्रिबिट-कम्पनी no. हेडफोनहरू रद्द गर्दैउनीहरूले आफ्नो बाल-केन्द्रित डिजाइनको लागि 2026 रेड डट डिजाइन अवार्ड जितेका छन्उनीहरू एक उल्लेखनीय...
HomeLatest newsतेल ट्यांकरलाई भेनेजुएला आउ–जाउ गर्न अमेरिकाको रोक, मूल्य प्रभावित हुने अनुमान

तेल ट्यांकरलाई भेनेजुएला आउ–जाउ गर्न अमेरिकाको रोक, मूल्य प्रभावित हुने अनुमान



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै तेल ट्यांकरहरूमा पूर्ण नाकाबन्दीको निर्देशन दिएका छन् ।

ट्रुथ सोशलमा गरेको पोस्टमा ट्रम्पले भेनेजुएलालाई ‘आतंकवाद, लागुऔषध तस्करी र मानव तस्करी’ मा संलग्न भएको आरोप लगाउँदै सो निर्देशन दिएका हुन् । उनले लेखेका छन्, ‘आज म भेनेजुएलामा आउने र त्यहाँबाट जाने सबै प्रतिबन्धित तेल ट्यांकरहरूमा पूर्ण र सम्पूर्ण नाकाबन्दीको निर्देशन दिँदैछु ।’

एक हप्ता अघि मात्र अमेरिकाले भेनेजुएलाको तट नजिक एक तेल ट्यांकर नियन्त्रणमा लिएको थियो । यस कदमलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ‘समुद्री लुट’ भनेर आलोचना गरेका थिए ।

त्यसपछि ट्रम्पले तेल ट्यांकरमा नाकाबन्दीको निर्देशन दिएका हुन् ।, ट्रम्पको यस नयाँ निर्देशनले अन्तर्राष्ट्रिय स्तरमा तेलको मूल्यमा ठूलो उतारचढाव आउन सक्ने अनुमान गरिएको छ ।

अमेरिकाले क्यारेबियन क्षेत्रमा आफ्ना वायुसेना र नौसेना तैनाथ गरेको छ । यसमा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी, जासुसी विमान र १५ हजार सैनिक समावेश रहेको बीबीसीले जनाएको छ ।

अमेरिकाले यस क्षेत्रमा धेरै डुंगामाथि आक्रमण गरेको छ, जसमा अहिलेसम्म ८० भन्दा बढी मानिसको ज्यान गएको छ ।





Read More