― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsडजबल टोली मलेसिया जाने – KhabarHost

डजबल टोली मलेसिया जाने – KhabarHost


राष्ट्रिय

समाचार.

  • एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंसिर १ गते मलेसिया प्रस्थान गर्ने भएको छ।
  • प्रतियोगिता मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने छ।
  • टोली प्रमुख राजन गौतम, प्रशिक्षक अरुण तिमल्सिना र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई बिदाइ गरेका छन्।

१ मंसिर, काठमाडौं । एसियाली डजबल च्याम्पियनसिपमा सहभागी हुने १२ खेलाडीसहित १८ सदस्यीय नेपाली राष्ट्रिय टोली मंगलबार मलेसिया प्रस्थान गर्ने भएको छ ।

मंसिर ४ देखि ७ गतेसम्म मलेसियन एसोसिएसन अफ डजबलको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा विराज दाहाल (क्याप्टेन), प्रकाशसिंह ऐर, कृष्णहरि बुढाथोकी, रविन शाक्य, कृष्णकुमार साह, अनिलकुमार तिखत्री, अनिल गुरुङ, विवेक उप्रेती, अच्युत नेपाल, रोशन अधिकारी, रामचन्द्र गौतम र विनोद कोईराला रहेका छन् ।

टोली प्रमुखमा राजन गौतम, व्यवस्थापकमा कौशल ज्ञवाली, सहायक व्यवस्थापकमा हिरामणी नेपाल, प्रशिक्षकमा, अरुण तिमल्सिना, ट्रेनरमा बेनुकुमार राई र मिडिया अफिसरमाः सन्दीप रिजाल रहेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान र प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राईले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।





Read More