― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsमहिला कबड्डी विश्वकपमा नेपालको विजयी सुरुवात – KhabarHost

महिला कबड्डी विश्वकपमा नेपालको विजयी सुरुवात – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालले महिला कबड्डी विश्वकपको पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरी विजयी सुरुवात गरेको छ।
  • महिला कबड्डी विश्वकपमा ११ टोली सहभागी छन् र दुई समूहमा विभाजन गरिएको छ।
  • नेपालले दोस्रो खेलमा मंगलबार पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ र सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ।

१ मंसिर, काठमाडौं । आजदेखि बंगलादेशको ढाकामा सुरु भएको महिला कबड्डी विश्वकपमा नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले विजयी सुरुवात गरेको छ ।

पुल बी मा रहेको नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा जन्जिबारलाई ५८-१६ ले पराजित गरेको हो । यसै पुल अन्तर्गत भएको अन्य खेलमा  इरानले पोल्याण्डलाई ५५-११ तथा चाइनिज ताइपेईले केन्यालाई ३८-१५ ले हरायो ।

यस्तै पुल ए मा रहेको आयोजक बंगलादेशले युगान्डालाई ४२-२२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

महिला कबड्डी विश्वकपमा कूल ११ टोलीको सहभागिता रहेको छ । सहभागि टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।  दुवै समूहका शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपालले सेमिफाइनल पुग्ने लक्ष्य राखेको छ ।

नेपालले आफ्नो दोस्रो खेल मंगलबार पोल्याण्डसँग खेल्नेछ ।

तस्बिर : बंगलादेश कबड्डी फेडेरेसन





Read More